२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

क्रिस्टियानो रोनाल्डोको पेनाल्टी गोल सँगै अल नासर फाइनलमा


सञ्चार डबली
  • बिहीबार , साउन २५ २०८०
  • 15.5K
    SHARES

  • images
    क्रिस्टियानो रोनाल्डोको पेनाल्टी गोल सँगै अल नासर फाइनलमा

    एजेन्सी – कप्तान क्रिस्टियानो रोनाल्डोको पेनाल्टी गोलको सहयोगमा साउदी क्लब अल नासर अरब क्लब च्याम्पियन्स कप २०२३ को फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको सेमिफाइनलमा इराकको अल शोर्तालाई १-० ले हराउँदै अल नासर उपाधि भिडन्तमा स्थान बनाउन सफल रहयो । रोनाल्डोले लगातार चौथो खेलमा गोल गर्दै क्लबलाई फाइनलसम्म डोर्याए ।

    उनले खेलको ७५ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै जिततर्फ अग्रसर गराएका थिए । पेनाल्टी क्षेत्रभित्र सेनेगलका स्टार साडियो मानेलाई लडाएपछि अल नासरले पेनाल्टी पाएको थियो ।

    बुधबार नै भएको दोस्रो सेमिफाइनलमा अल हिलालले अल शबाबलाई हरायो । अल नासरसँग फाइनल भिडन्त पक्का गर्ने क्रममा अल हिलालले ३-१ को जित दर्ता गरेको हो । अल हिलालका लागि मोहमद कानोले नवौं मिनेटमा सुरुवाती गोल गर्दा इन्ज्युरी समयमा माल्कमले दोस्रो गोल गरे । गुस्टाभो क्वेलारले ५६ औं मिनेटमा गोल फर्काएपनि अल हमदानले अन्तिम मिनेटमा गोल थप्दै ३-१ को जित पक्का गरे ।

    अरब कपको उपाधिका लागि साउदीका दुई शीर्ष टोलीले शनिबार प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा दुई पटकको च्याम्पियन अल हिलालले २८ वर्षयता उपाधि जितेको छैन भने अल नासर पहिलो जितको खोजीमा छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend