२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

चेम्बरद्वारा अत्यावश्यक सामग्री ढुवानीमा सहजीकरण गर्न सहजीकरण डेस्क स्थापना


सञ्चार डबली
  • बुधबार, भदौ १७ २०८३
  • 1.6K
    SHARES

  • images
    चेम्बरद्वारा अत्यावश्यक सामग्री ढुवानीमा सहजीकरण गर्न सहजीकरण डेस्क स्थापना

    काठमाडौं, १७ भाद्र । विपद्बाट सिर्जित विषम परिस्थितिका कारण अत्यावश्यक सामग्रीको ढुवानी तथा आपूर्ति कार्यमा उद्यमी व्यवसायीलाई पर्न गएको असहजतालाई मध्यनजर गर्दै नेपाल चेम्बर अफ कमर्सले सहजीकरण डेस्क स्थापना गरेको छ । चेम्बरले जमलस्थित सचिवालयमा सहजीकरण डेस्क स्थापना गरेको हो । पृथ्वी राजमार्गलगायत देशका केही महत्वपूर्ण सडक सञ्जाल अवरुद्ध भई उद्योगी व्यवसायीलाई ढुवानी तथा आपूर्ति कार्यमा बाधा उत्पन्न भएकाले उक्त डेस्क स्थापना गरिएको हो ।

    सहजीकरण डेस्कमार्फत राहत सामग्रीको ढुवानीमा देखिने सम्भावित समस्या समाधानका लागि सम्बन्धित सरकारी निकाय, स्थानीय प्रशासन, सुरक्षा निकाय, व्यावसायिक प्रतिष्ठान तथा ढुवानी व्यवसायीसँग आवश्यक समन्वय गरिनेछ । साथै, अत्यावश्यक सामग्री बोकेका सवारीसाधनलाई सम्भव भएसम्म सहज आवागमनका लागि आवश्यक सहजीकरण गरिने चेम्बरले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend