२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकद्वारा बाढी पिडितका लागी प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा रु.६५ लाख सहयोग प्रदान


सञ्चार डबली
  • सोमबार, भदौ १५ २०८३
  • 1.8K
    SHARES

  • images
    शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकद्वारा बाढी पिडितका लागी प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा रु.६५ लाख सहयोग प्रदान

    काठमाडौँ । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले हालै रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनासकारी बाढीवाट प्रभावित नागरिकहरुको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा बैंकको तर्फवाट ५५ लाख  र कर्मचारीहरुको तर्फवाट १० लाख गरी कूल ६५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

    प्राकृतिक विपतका कारण रसुवा, नुवाकोट, धार्दिङ्ग, गोरखा, तनहु, चितवन लगायतका जिल्लाहरुमा मानवीय तथा भौतिक क्षति र नागरिकहरुको दैनिक जिवन प्रभावित भइरहेको वर्तमान अवस्थामा राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्धेश्यले सो कोषमा रकम सहयोग गरेको छ ।

    विपतको यस कठिन घडीमा प्रभावित नागरिकहरुको साथमा रहँदै खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा सरकार र सम्वन्धित निकायहरुलाई सहयोग पुर्याउने मानवीय कार्यमा बैंकले ऐक्यवद्धता जनाएको छ ।

    बैंकले बाढीमा परी दिवंगत भएका नागरिकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ । साथै, बाढीमा परी हालसम्म पनी सम्पर्कमा नआएका नागरीकहरुको सकुशल उद्धार एवम घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend