२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

भाटभाटेनीको बिर्तामोड स्टोर आजदेखि पुनः सञ्चालनमा


सञ्चार डबली
  • आइतबार, भदौ १४ २०८३
  • 1.5K
    SHARES

  • images
    भाटभाटेनीको बिर्तामोड स्टोर आजदेखि पुनः सञ्चालनमा

    काठमाडौं । झापा बिर्तामोडस्थित भाटभटेनी सुपर स्टोर आजदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा आएको छ । भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले एक विज्ञप्ति जारी गर्दै आजदेखि सञ्चालनमा आएको बताएका छन् ।

    “ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै आधुनिक सुविधा तथा गुणस्तरीय सेवा उपलब्ध गराउने हाम्रो प्रतिबद्धता यथावत् रहेको व्यहोरा समेत जानकारी गराइन्छ,” उनले विज्ञप्तिमार्फत् भनेका छन्, “यस अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभेच्छुक तथा सरोकारवालाहरूको निरन्तर साथ, सहयोग र विश्वासप्रति हामी हार्दिक आभार व्यक्त गर्दै आगामी दिनहरूमा समेत यहाँहरूको साथ रहने अपेक्षा राख्दछौँ ।”

    bbsm-(2)-1788052038.jpeg
    undefined

    भाटभटेनी सुपर मार्केटका प्रमुख संचालन अधिकृत पानु पौडेलले दिएको जानकारीअनुसार बिर्तामोड स्टोर आजदेखि सञ्चालनमा आउँदैछ । उनले गतवर्षको भदौ २४ मा आगजनी गरिएको बिर्तामोड स्टोर आजैदेखि सञ्चालनमा आउन लागेको जानकारी दिँदै धरान र टंगालस्थित स्टोर पनि छिट्टै सञ्चालनमा आउने बताए । 

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend