२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

सलमान खान अभिनित ‘बडिगार्ड’का निर्देशक सिद्दिकीको निधन


सञ्चार डबली
  • बुधबार, साउन २४ २०८०
  • 9.6K
    SHARES

  • images
    सलमान खान अभिनित ‘बडिगार्ड’का निर्देशक सिद्दिकीको निधन

     

    काठमाडौ, २४ साउन । साउथ सिनेमालाई ठूलो धक्का लागेको छ । साउथ सिनेमा उद्योगका चर्चित निर्देशक सिद्दिकीले ६३ वर्षको उमेरमा संसारलाई बिदा भएका छन् । निर्देशक सिद्दिकीले अगस्ट ८ गते अस्पतालमा अन्तिम सास लिए । उनको हृदयघातका कारण निधन भएको हो । सिद्दिकीले सलमान खानको हिन्दी फिल्म ‘बॉडीगार्ड’ निर्देशन गरेका थिए ।

     

    रिपोर्टका अनुसार सिद्दिकीलाई सोमबार हृदयघातका कारण हतार हतार कोचीको अस्पतालमा भर्ना गरिएको थियो। तर अस्पताल पुग्दासम्म उनको अवस्था निकै गम्भीर भइसकेको थियो । सोही क्रममा अस्पतालका चिकित्सकले सिद्दिकीलाई बचाउन हरसम्भव प्रयास गरे पनि उनलाई बचाउन सकेनन् ।

    जानकारीका अनुसार सिद्दिकीको पार्थिव शरीर आज बिहान ९ बजेदेखि ११ः३० बजेसम्म कादवनथरास्थित राजीव गान्धी इन्डोर स्टेडियममा राखिनेछ । त्यसपछि उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि घरमै राखिनेछ, त्यसपछि बुधबार साँझ ६ बजे सिद्दिकीको दाहसंस्कार गरिने छ ।

    उनले ‘सिद्दिकी लाल’को जोडीबाट निर्देशनमा डेब्यु गरेका हुन् । उनको पहिलो फिल्म टाइमलेस कमेडी रामजी राव स्पिकिङ सन् १९८९ मा आएको थियो। यसबाहेक उनका फिल्ममा ‘हरिहर नगर’ (१९९०), ‘गडफादर’ (१९९१), ‘भियतनाम कालोनी’ (१९९२), ‘काबुलीवाला’ (१९९३), र ‘हिटलर’ (१९९६) र ‘बॉडीगार्ड’ छन्। 

    सिद्दिकीले ‘बॉडीगार्ड’ को हिन्दी रिमेक निर्देशन गरेका थिए । जसमा सलमान खान मुख्य भूमिकामा देखिएका थिए । यस फिल्मको तमिल संस्करण पनि सिद्दिकीले निर्देशन गरेका थिए, जसको नाम ‘कावलन’ थियो। जसमा विजयले मुख्य भूमिका निर्वाह गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend