२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

बारा २ मा एमालेको जित सुनिश्चित छ– ईश्वर पोखरेल


सञ्चार डबली
  • बिहीबार , वैशाख ७ २०८०
  • 7.2K
    SHARES

  • बारा २ मा एमालेको जित सुनिश्चित छ– ईश्वर पोखरेल

     


    काठमाडौं, बैशाख ७ गते । नेकपा (एमाले)का बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बारा क्षेत्र नं. २ मा एमालेको जित सुनिश्चित रहेको बताएका छन् । चुनावी अभियानका क्रममा बारा आएका नेता पोखरेलले चुनाव जित्ने थुप्रै आधार रहेकाले उम्मेदवार पुरुषोत्तम पौडलको बिजय निश्चित रहेको बताएका हुन् ।

    वैशाख १० गते हुँने निर्वाचनका लागि एमालेको ठूलो शक्ति एकताबद्ध ढंगले परिचालित हुनु र विकासप्रेमी नेता उम्मेदवारका रुपमा मैदान हुनुनै एमालेले चुनाव जित्ने मुख्य आधार रहेको पोखरेलको भनाई थियो ।

    नेता पोखरेलले फिरंगी र पार्टी चाहार्दै हिड्नेलाई भन्दा जनतासँग बसेर काम गर्ने भूमिपुत्रलाई जिताउन बारा–२ का मतदाता उत्साहित देखिएको बताएका छन् । लामो समयदेखि बाराको भूगोलमा बसेर जनता पक्षमा काम गरेका व्यक्तिलाई एमालेले उम्मेदवारका रुपमा अघि सारेको भन्दै नेता पोखरेलले यसको मूल्यांकन जनताले नै गर्ने प्रतिक्रिया दिएका छन् ।

    अन्य पार्टीका उम्मेदवार र एमालेको उम्मेदवारलाई तुलना गरेर जनताले मतदान गर्ने नेता पोखरेलको भनाइ थियो । नेता पोखरेलले बारा क्षेत्र नं. २ को विकासका लागि पनि एमाले उम्मेदवार पौडेलको जित आवश्यक रहेको उल्लेख गरेका छन् । उनले उम्मेदवार पौडेलसँगै मतदाताको घरमा पुगेर एमालेको पक्षमा मतदान गर्न आह्वान गरेका थिए ।

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend