२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

बाढी प्रभावित क्षेत्रमा ३ दिनका लागि एनसेलको डेटा र भ्वाइस निःशुल्क


सञ्चार डबली
  • बिहीबार , भदौ ११ २०८३
  • 2.3K
    SHARES

  • images
    बाढी प्रभावित क्षेत्रमा ३ दिनका लागि एनसेलको डेटा र भ्वाइस निःशुल्क

    काठमाडौं । एनसेलले बुधवार बिहान रसुवा जिल्लामा अचानक आएको भीषण बाढीबाट प्रभावित क्षेत्रहरुमा तीन दिनका लागि भ्वाइस र डेटा सेवा निःशुल्क उपलब्ध गराउने जनाएको छ । त्यसबाहेक प्रभावित क्षेत्रका सर्वसाधारणलाई तीन दिन समयावधि रहेको १०० वटा एसएमएस पनि निःशुल्क उपलब्ध गराउने बताएको छ ।

    यसले बाढी प्रभावित क्षेत्रका बासिन्दा तथा त्यहाँ रहेका सर्वसाधारणलाई एकआपसमा सहज रूपमा सम्पर्कमा रहन मद्दत पुग्ने अपेक्षा गरिएको छ । संचार सेवा निरन्तरता राख्नु महत्त्वपूर्ण हुने भएकाले एनसेलको यो पहलले प्रभावितहरूलाई परिवार तथा उद्धार टोलीसँग जोडिन सहज हुने अपेक्षा गरिएको छ ।

    एनसेलले विगतदेखि नै विपद्का बेला सक्रिय भूमिका खेलिरहेको र आपतकालीन खोज, उद्धार तथा राहत वितरणका काममा सहयोग पु¥याउँदै आएको उल्लेख गर्दै कम्पनीले यो निर्णय आपतकालीन अवस्थामा संचार सेवा सुनिश्चित गर्नका लागि गरिएको बताएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend