२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

नाडा अटो शो २०२६ मा सिद्धार्थ बैंकको विशेष कर्जा अफर, ५.९६ प्रतिशत वार्षिक ब्याजदरमै पाइने


सञ्चार डबली
  • मंगलबार, भदौ ९ २०८३
  • 2.9K
    SHARES

  • images
    नाडा अटो शो २०२६ मा सिद्धार्थ बैंकको विशेष कर्जा अफर, ५.९६ प्रतिशत वार्षिक ब्याजदरमै पाइने

    नाडा अटो शो २०२६  आजबाट शुरु भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (NADA)  को आयोजनामा भइरहेको उक्त प्रदर्शनीमा सिद्धार्थ बैंक लिमिटेडले ग्राहक लक्षित गर्दै विशेष कर्जा योजना ल्याएको छ । 

    बैंकले अटो शो अवधिभर सवारीसाधन खरिदका लागि कर्जा लिने ग्राहकलाई ५.९६ प्रतिशत वार्षिक ब्याजदरमा कर्जा उपलब्ध गराउने जनाएको छ।

     यससँगै ०.५ प्रतिशत सेवा शुल्क (Processing Fee) मा कर्जा सुविधा प्रदान गरिने बैंकले जनाएको छ।

    यो विशेष कर्जा योजना भदौ ९ देखि १४ गतेसम्म (२५–३० अगस्ट २०२६)  सञ्चालन भइरहेको नाडा अटो शो २०२६ अवधिभर बुकिङ गरिएका सवारीसाधनमा लागू हुनेछ।

    सवारीसाधन खरिद गर्न इच्छुक ग्राहकलाई अटो शोमा सहभागी भई बैंकको विशेष कर्जा योजनाको लाभ लिन बैंकले आग्रह गरेको छ।

    प्रतिस्पर्धी ब्याजदरमा सहज र सरल कर्जा सुविधा उपलब्ध गराई ग्राहकलाई  सवारीसाधन खरिद गर्न सहयोग पुग्ने बैंकले विश्वास छ।

    यस योजनाबारे थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र वा ‘सिद्धार्थ केयर’मार्फत सम्पर्क गर्न सकिनेछ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend