२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिदै


सञ्चार डबली
  • मंगलबार, भदौ ९ २०८३
  • 1.7K
    SHARES

  • images
    बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिदै

    हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभामा आज विश्वासको मत लिने भएका छन् ।

    प्रदेशसभा सचिवालयका अनुसार प्रदेशसभाको आठौं अधिवेशनको १८औं बैठक आज अपराहन्न ४ बजे बस्ने भएको हो ।

    यसअघि सोमबार मुख्यमन्त्री थापाले विश्वासको मत लिने कार्यसूचीसहित दिउँसो १ बजे बैठक बोलाइएको थियो । त्यसपछि बैठकको साँझ ५ बजे र फेरी राति ८ बजेका लागि सारिएको थियो । त्यसपछि पनि बैठक बस्न नसकेपछि बैठक आजका लागि सारिएको छ ।

    सरकारलाई समर्थन दिएको राप्रपा र सत्तारुढ दल एमाले र नेकपामा समेत विवाद भएपछि आजको बैठक बस्न नसकेको बुझिएको छ । सत्तागठबन्धनको दल नेकपाका केहि सांसदहरुले समेत असन्तुष्टि जनाउदै प्रदेश सभा बैठकमा अनुपस्थित हुने चेतावनी दिएको बताइएको छ ।

    बागमती प्रदेश सभामा नेपाली कांग्रेसको ३६ सिट, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को २६, नेकपा एमालेको २५, राप्रपाको १२, नेपाल मजदुर किसान पार्टीको ३ र हाम्रो नेपाली पार्टीको २ सिट छ । निर्वाचित ११० प्रदेशसभा सदस्यमध्ये ६ जनाले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न राजीनामा दिएपछि हाल प्रदेशसभा १०४ सदस्य कायम रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend