२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन आझ देखि धादिङमा सुरु


सञ्चार डबली
  • सोमबार, चैत २० २०७९
  • 11.0K
    SHARES

  • images
    राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन आझ देखि धादिङमा सुरु

    धादिङबेसी । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आठौं केन्द्रीय महाधिवेशन धादिङ सदरमुकाम धादिङबेसीमा सुरु भएको छ । महाधिवेशनको शुक्रबार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले उद्घाटन गरेका छन् ।

    महाधिवेशन शुभारम्भ गर्दै मुख्यमन्त्री जमरकट्टेलले मुलुकको विकासमा संगीतको योगदान अतुलनीय रहेको बताए । त्यसका लागि एकजुट भएर अघि बढ्न समेत उनले आग्रह गरे । आफू पनि लोक तथा दोहोरीगीतको श्रोता रहेको भन्दै उनले सांस्कृतिक पक्षको सम्वद्र्धनका लागि लोकसंगीतको भूमिका महत्वपूर्ण रहेको बताए । महाधिवेशन उद्घाटन अघि बृहत र्‍याली निकालिएको थियो ।

    महाधिवेशनले तीनवर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्नेछ । संस्थापन पक्षले रीता थापा मगरलाई अध्यक्षको उम्मेदवारको रुपमा अघि सारेको छ भने अर्का गायक पशुपति शर्मा पनि अध्यक्षका आकांक्षी छन् । एक हजारभन्दा बढी प्रतिनिधि सहभागी भएको प्रतिष्ठानको महाधिवेशन फागुन १४ गते समापन हुनेछ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend