२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

अधिक तरलता व्यवस्थापन गर्न बैंकिङ प्रणालीबाट ८५ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक


सञ्चार डबली
  • शुक्रबार, भदौ ५ २०८३
  • 1.7K
    SHARES

  • images
    अधिक तरलता व्यवस्थापन गर्न बैंकिङ प्रणालीबाट ८५ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अतिरिक्त पैसा (तरलता) व्यवस्थापन गर्न आज ८५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ ।

    राष्ट्र बैंकले १७५ दिनका लागि निक्षेप संकलन उपकरण जारी गर्दै बैंक तथा वित्तीय संस्थाबाट ८५ अर्ब रुपैयाँ खिच्न लागेको हो । यसका लागि आज भदौ ५ गते दिउँसो ३ बजेसम्म बोलकबोल हुनेछ ।

    यस निक्षेपको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ । संकलित रकमको साँवा र ब्याज २०८३ माघ २९ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।

    बोलकबोलमा सहभागी हुन न्यूनतम १० करोड रुपैयाँ राख्नुपर्नेछ । त्यसपछि १० करोड रुपैयाँले भाग जाने गरी बढीमा ८५ अर्ब रुपैयाँसम्म बोल गर्न सकिनेछ ।

    यस प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । सहभागी संस्थाले आफूले राख्न चाहेको रकमसँगै माग गरेको ब्याजदर पनि उल्लेख गर्नुपर्नेछ ।

    राष्ट्र बैंकले सबैभन्दा कम ब्याजदरमा आएका बोललाई पहिलो प्राथमिकता दिनेछ । यसरी क्रमशः बाँडफाँट गर्दै कुल ८५ अर्ब रुपैयाँ संकलन गरिनेछ । एउटै ब्याजदरमा आएको बोलको रकम ८५ अर्बभन्दा बढी भएमा समानुपातिक रूपमा रकम बाँडफाँट गरिनेछ ।

    राष्ट्र बैंकका अनुसार यसरी जम्मा गरिएको रकम बैंक तथा वित्तीय संस्थाको लगानीका रूपमा गणना हुनेछ । त्यसैले यसलाई अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन । तर, वैधानिक तरलता अनुपात (एसएलआर) कायम गर्न भने यो रकम गणना गर्न सकिनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend