२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

गरिमा विकास बैंकको काठमाडाैँमा आफ्नै भवन, केन्द्रीय कार्यालय अब बालुवाटारबाट सञ्चालनमा


सञ्चार डबली
  • बिहीबार , भदौ ४ २०८३
  • 3.3K
    SHARES

  • images
    गरिमा विकास बैंकको काठमाडाैँमा आफ्नै भवन, केन्द्रीय कार्यालय अब बालुवाटारबाट सञ्चालनमा

    काठमाडौँ / गरिमा विकास बैंक लिमिटेडले आफ्नो केन्द्रीय कार्यालय काठमाडौँ महानगरपालिका–३, बालुवाटारस्थित आफ्नै स्वामित्वको नवनिर्मित भवनमा स्थानान्तरण गरेको छ। नवनिर्मित केन्द्रीय कार्यालयको बुधबार एक समारोहबीच नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले समुद्घाटन गरे।

    यससँगै लामो समयदेखि काठमाडौँको लाजिम्पाटबाट सञ्चालन हुँदै आएको बैंकको केन्द्रीय कार्यालय अब बालुवाटारबाट सञ्चालनमा आएको हो।

    1787204118-u2bga.jpg
    undefined

    गरिमा विकास बैंकले २०६४ साल कात्तिक १८ गते स्याङ्जाको वालिङबाट औपचारिक रूपमा वित्तीय कारोबार सुरु गरेको थियो। त्यसपछि २०६७ साल वैशाख १ गते केन्द्रीय कार्यालय कास्कीको महेन्द्रपुलमा स्थानान्तरण गरिएको थियो।

    राष्ट्रियस्तरको विकास बैंकमा स्तरोन्नति भएपछि २०७३ साल चैत २७ गते पोखराबाट काठमाडौँको लाजिम्पाटमा केन्द्रीय कार्यालय सारिएको थियो।

    नवनिर्मित केन्द्रीय कार्यालय उद्घाटनका अवसरमा कार्यालय परिसरमा निर्माण गरिएको मन्दिरमा शिव पाञ्चायन प्राण प्रतिष्ठासहित धार्मिक पूजाआजा समेत गरिएको थियो।

    उद्घाटन समारोहमा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्ट, नियमनकारी निकायका पदाधिकारी, बैंकका सञ्चालक समितिका सदस्य, पूर्व पदाधिकारी, उच्च व्यवस्थापन, विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, शेयरधनी, कर्मचारी तथा ग्राहकहरूको उपस्थिति थियो।

    कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायले वालिङबाट सुरु भएको बैंकको यात्रा पोखरा हुँदै काठमाडौँसम्म आइपुगेको र आफ्नै स्वामित्वको भवनबाट केन्द्रीय कार्यालय सञ्चालनमा आएसँगै बैंकको यात्रामा नयाँ अध्याय सुरु भएको बताए ।

    उनले बैंकको व्यावसायिक सफलतामा लाखौँ ग्राहक, हजारौँ शेयरधनी, नियमनकारी निकाय, व्यावसायिक साझेदार तथा कर्मचारीको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गर्दै संस्थागत सुशासनलाई समेत सफलताको आधारका रूपमा औँल्याए ।

    त्यस्तै, समापन सत्रमा बैंकका अध्यक्ष दिलीप प्रताप खाँणले ग्राहकलाई थप सहज, प्रभावकारी र गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । 

    उनले संस्थागत सुशासन, प्रविधि, नवप्रवर्तन र दिगो विकासलाई प्राथमिकतामा राख्दै बैंकलाई आगामी दिनमा थप सशक्त रूपमा अघि बढाउने बताए । 

    हाल गरिमा विकास बैंकले देशभर १२६ शाखा कार्यालय र ५१ एटीएममार्फत करिब १० लाख ग्राहकलाई विभिन्न आधुनिक बैंकिङ सुविधा प्रदान गर्दै आएको छ। 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend