२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

महाधिवेशन रोक्न देउवा पक्ष अदालत जाँदै


सञ्चार डबली
  • बिहीबार , भदौ ४ २०८३
  • 924
    SHARES

  • images
    महाधिवेशन रोक्न देउवा पक्ष अदालत जाँदै

    काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर (पूर्व सभापति शेरबहादुर देउवा) समूहले पार्टीको १५औँ महाधिवेशन प्रक्रिया तत्काल रोक्न माग गर्दै अदालत जाने निर्णय गरेको छ।

    बिहीबार महाराजगञ्जस्थित डा. शशांक कोइरालाको निवासमा बसेको उक्त समूहका शीर्ष नेताहरूको बैठकले महाधिवेशन प्रक्रिया रोक्न अदालतमा निवेदन दिने निर्णय गरेको हो।

    समूहका प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माले भोलि सर्वोच्च अदालतमा निवेदन दिने तयारी गरेको जानकारी दिए । उनले पार्टीको आधिकारिकतासम्बन्धी विवाद पुनः सुनुवाइमा जाने अवस्थामा महाधिवेशन प्रक्रिया अघि बढाउनु उचित नहुने निष्कर्ष निकालिएको बताए । 

    यता, केन्द्रीय निर्वाचन समितिको पछिल्लो कार्यतालिकाअनुसार कांग्रेसको वडा अधिवेशन आगामी २४ भदौमा हुँदैछ।

    कांग्रेसले यसअघि तय गरेको असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन गर्ने निर्णयलाई यथावत् राख्दै तल्लो तहका अधिवेशनको कार्यतालिका भने हेरफेर गरेको छ।

    यससँगै कांग्रेसभित्र महाधिवेशन प्रक्रिया अघि बढाउने संस्थापन पक्ष र रोक्नुपर्ने माग राख्दै आएको इतर समूहबीचको विवाद थप अदालतसम्म पुगेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend