२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

बागमतीको मुख्यमन्त्रीको नियुक्ति र शपथ आजै हुने


सञ्चार डबली
  • बिहीबार , भदौ ४ २०८३
  • 1.5K
    SHARES

  • images
    बागमतीको मुख्यमन्त्रीको नियुक्ति र शपथ आजै हुने

    हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापाको नियुक्ति हुने प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले जानकारी दिएका छन् ।

    प्रदेश प्रमुखको कार्यालयले विहिबार विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशको मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेमा एमाले नेता थापाले तीन दलको समर्थनमा दाबी पेश गरेको उल्लेख गर्दै आजै ४ बजेर ५ मिनेट जादा थापालाई नियुक्त गर्ने जानकारी दिएको हो ।

    भदौ ३ गते प्रदेश सभा सदस्य किरण थापा मगरलाई मुख्यमन्त्री नियुक्त गर्न नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित तीन दलको समर्थन रहेको निवेदन प्रदेश प्रमुखको कार्यालयमा प्राप्त भएको जनाएको छ ।

    प्रदेश प्रमुखको कार्यालयका अनुसार संविधानको धारा १६८ को उपधारा (२) बमोजिम थापा मगरलाई भदौ ४ गते बिहीबार अपराह्न ४ बजेर ५ मिनेटमा बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त गर्ने कार्यक्रम रहेको छ । मुख्यमन्त्रीको शपथ ग्रहण समारोह आजै अपराह्न ४ बजेर २० मिनेटमा सुरु हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । 

    बागमतीमा सरकार बनाउन १२ सांसद रहेको राप्रपा संसदीय दलले समर्थन जनाएपछि राप्रपामा भने विवाद देखिएको छ ।

    संसदीय दलले केन्द्रको निर्देशन विपरित एमालेलाई सरकार बनाउन समर्थन गरेपछि कारवाहीको तयारी गरेको छ । यसका लागि आजै राप्रपाको अनुशासन र केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend