२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

नेपाल भाषाका जनकवि तथा वरिष्ठ साहित्कार दुर्गालाल श्रेष्ठको निधन


सञ्चार डबली
  • सोमबार, भदौ १ २०८३
  • 1.2K
    SHARES

  • images
    नेपाल भाषाका जनकवि तथा वरिष्ठ साहित्कार दुर्गालाल श्रेष्ठको निधन

    काठमाडौँ – नेपाल भाषाका जनकवि तथा वरिष्ठ साहित्यकार दुर्गालाल श्रेष्ठको आइतबार राति निधन भएको छ। ९३ वर्षीय श्रेष्ठको बूढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको हो। उनी पछिल्लो समय लामो समयदेखि बिरामी थिए।

    विगत ६ दशकदेखि साहित्य सिर्जनामा निरन्तर सक्रिय श्रेष्ठले नेपाल भाषाका साथै नेपालीमा पनि कविता, गीतलगायत विभिन्न विधामा कलम चलाउनुभएको थियो। नेपाल भाषा परिषद्ले उनलाई ‘जनकवि’को उपाधिबाट सम्मानित गरेको थियो।

    उनका ‘पिजा’ (१९६७), ‘जी स्वयम्भू त्वथ’ (१९८६), ‘याका फलेचा’ (१९८७), ‘इन्क्लाब्य पलासा’ (१९९१), ‘ट्विस्ट र टर्न’, ‘दुर्गालाल श्रेष्ठका कविताहरू’ (२०००), ‘चिनियाम्हा किसिचा’ (१९६५), ‘तैभाबा’ (१९६६), ‘चिनिया चम्पा’ (१९६७), ‘कुलिकासा’ (१९६७), ‘सालछ्योन्या बेला’ (१९६९), ‘माछाबखाँचा’ (१९९५), ‘सन्ताया कुसा’ (२००१), ‘टपाका’ र ‘जङ्गल कविता’ लगायत प्रसिद्ध कृति प्रकाशित छन्।

    यस्तै उनले रचना गर्नुभएका ‘सयथरी बाजा एउटै ताल, सयथरी गोडा एउटै चाल’ र ‘फूलको आँखामा फूलै संसार’जस्ता गीत चर्चित छन्।


    साहित्यकार प्रा.डा. रामप्रसाद ज्ञवालीले श्रेष्ठको निधनले नेपाली साहित्य र संस्कृति क्षेत्रले एक महान् स्रष्टा गुमाएको बताएका छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend