२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

जाजरकोट पहिरो पीडितलाई कर्णाली सरकारको राहत, त्रिपालदेखि खाद्यान्नसम्म पठाइयो


सञ्चार डबली
  • आइतबार, साउन ३१ २०८३
  • 1.6K
    SHARES

  • images
    जाजरकोट पहिरो पीडितलाई कर्णाली सरकारको राहत, त्रिपालदेखि खाद्यान्नसम्म पठाइयो

    कर्णाली : कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका पहिरो पीडित परिवारलाई राहत सामग्री पठाएको छ । प्रदेश सरकारले आज खाद्यान्नसहित आवश्यक बन्दोबदस्तीका सामग्री प्रभावित क्षेत्रमा पठाएको हो । एक सय ५० थान त्रिपाल, कम्बल ३५० थान, बल्याङ्केट १८५ थान, टेन्ट २० सेट, पिफर्म, प्लास्टिक, चार क्विन्टल चामल, २०० प्याकेट चाउचाउ र चिउरा पठाइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सुर्खेतका सचिव लक्ष्मीकुमार विकले जानकारी दिनुभयो ।

    जिल्ला प्रशासन कार्यालय एवं जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोटबाट माग भइ आए अनुरुप राहत सामग्री पठाइएको सचिव विकले बताउनुभयो । उहाँका अनुसार १० जिल्लालाई पुग्ने गरी प्रदेश आपतकालीन केन्द्रमा भण्डारण गरिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले विपद् प्रतिकार्य, खोज उद्धार तथा राहतका लागि एक हप्ता अघि नै भर्चुअल बैठकबाट तयारी अवस्थामा रहन निर्देशन दिएको बताउनुभयो ।

    अहिले जाजरकोटमा पहिरोमा हराइरहेकाहरुको खोज तथा उद्धार गर्न र विस्थापित परिवारका लागि लागि प्रशासनसहित नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र नेपाली सेनासहित सुरक्षा जनशक्ति परिचालन गरिएको सचिव विकले बताउनुभयो । राहत तथा पुनःस्थापनका लागि सङ्घ, कर्णाली प्रदेश सरकार र स्थानीय तह मिलेर काम गर्दा त्यसले नागरिकलाई सुरक्षाको प्रत्याभूति हुने उहाँको भनाइ थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend