२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

एमालेभित्रका विरोधीहरूलाई महेश बस्नेतको तिखो प्रहार: 'स्प्रे हानेपछि कुइँकुइँ गर्ने लामखुट्टे जस्तै'


सञ्चार डबली
  • आइतबार, साउन ३१ २०८३
  • 990
    SHARES

  • images
    एमालेभित्रका विरोधीहरूलाई महेश बस्नेतको तिखो प्रहार: 'स्प्रे हानेपछि कुइँकुइँ गर्ने लामखुट्टे जस्तै'

    काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्नेहरूलाई ‘लामखुट्टे’ को संज्ञा दिँदै कडा प्रहार गरेका छन् ।

    अध्यक्ष ओलीको पछिल्लो वक्तव्यलाई लिएर पार्टीभित्र सुरु भएको असन्तुष्टितर्फ लक्षित गर्दै नेता बस्नेतले सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन् । कुना-काप्चामा रहेका लामखुट्टेलाई किटनाशक स्प्रे हानेपछि जसरी छटपटाउँदै कुइँकुइँ गर्छन्, ओलीको भाषणपछि पार्टीभित्रको एउटा समूहको अवस्था पनि त्यस्तै भएको बस्नेतको दाबी छ ।

    पार्टीभित्र मुख्यतया दुई प्रकारका प्रवृत्ति हाबी रहेको बस्नेतले उल्लेख गरेका छन् । उनका अनुसार:

    • पहिलो प्रवृत्ति: पार्टीले दिएको जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्दै जनताको माझमा खट्ने इमानदार नेता-कार्यकर्ताहरू ।

    • दोस्रो प्रवृत्ति: गुटबन्दी गर्ने, नेतृत्वको निरन्तर आलोचना गर्ने र आन्तरिक विवाद मात्र सिर्जना गर्न सक्रिय सानो समूह ।

    उनले पार्टी कार्यालयको चौर र क्यान्टिनमा बसेर नेतृत्वको विरोध गर्ने अनि ‘चियाको कपमा क्रान्ति’ खोज्ने प्रवृत्तिले एमालेलाई कमजोर बनाउने चेतावनी दिएका छन् ।

    आजको मुख्य आवश्यकता गुट-उपगुटमा विभाजन हुनु नभई पार्टीलाई एकताबद्ध, सुदृढ र गतिशील बनाउनु रहेको उनको भनाइ छ। नेता बस्नेतले आन्तरिक खिचातानी छाडेर जनताको पक्षमा काम गर्दै देशको परिवर्तन र समृद्धिको अभियानमा जुट्न सम्पूर्ण नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend