२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

नुवाकोटको शिवपुरीमा बस-भ्यान दुर्घटना अपडेट : २ जनाको मृत्यु, ३ घाइते


सञ्चार डबली
  • शनिबार, साउन ३० २०८३
  • 1.1K
    SHARES

  • images
    नुवाकोटको शिवपुरीमा बस-भ्यान दुर्घटना अपडेट : २ जनाको मृत्यु, ३ घाइते

    काठमाडाैं । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

    शनिबार बिहान करिब पौने ९ बजे टोखा–छहरे सडकखण्डमा रोकिराखेको बस अचानक गुडेर दुर्घटना भएको प्रहरीले जनाएको छ । काठमाडौंको दुप्चेश्वरतर्फ जाँदै गरेको बा.प्र. ०८–००१ ख ००५२ नम्बरको बस चालक र यात्रुहरू खाजा खान गएका बेला आफैं गुडेको थियो ।

    बसले सडकछेउमा रोकिराखेको बा.प्र. ०३–००१ ज ११७६ नम्बरको खाली ईभी भ्यानलाई ठक्कर दिएको थियो । त्यसपछि दुवै सवारीसाधन सडकबाट करिब ३०–४० मिटर तल खसेका थिए ।

    दुर्घटनामा काभ्रेपलाञ्चोकको बनेपा–८ की ५४ वर्षीया कृष्णमाया प्रजापती डंगोल र रामेछाप ठाडादेवी–२ की ६५ वर्षीया उदयमाया खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ।

    घाइते हुनेमा काठमाडौं काँडाघारी बस्ने २५ वर्षीया सुजता पोखरेल, बनेपा–१० की ४२ वर्षीया सर्मिला श्रेष्ठ र दोलखा मेलुङ–६ घर भई काठमाडौं काँडाघारी बस्ने ६० वर्षीया ज्ञानु श्रेष्ठ रहेका छन् । उनीहरूको ग्रिनसिटी अस्पताल काठमाडौंमा उपचार भइरहेको छ ।

    दुर्घटनाका बेला बस रोकिएको र यात्रुहरू खाजा खान गएकाले बसमा कति जना यात्रु थिए भन्ने यकिन हुन नसकेको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी डीएसपी इकबाल हवारीका अनुसार बस चालक काभ्रेको पाँचखाल–७ का ४५ वर्षीय सिताराम आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend