२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

जापानमा भारी वर्षापछि आएको बाढीले चार जनाको मृत्यु


सञ्चार डबली
  • शुक्रबार, साउन २९ २०८३
  • 1.7K
    SHARES

  • images
    जापानमा भारी वर्षापछि आएको बाढीले चार जनाको मृत्यु

    काठमाडौँ । जापानको चिबा प्रान्तमा अत्यधिक वर्षापछि आएको बाढी र पहिरोमा परी चार जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । एक जना गम्भीर अवस्थामा रहेको अधिकारीहरूले बताएका छन् ।

    भारी वर्षाका कारण सडक, घर तथा तल्लो भूभाग डुबानमा परेका छन् । मौसम अधिकारीहरूले चिबासहित टोकियो आसपासको कान्तो क्षेत्रमा थप भारी वर्षा, पहिरो र नदीमा पानीको सतह बढ्न सक्ने चेतावनी दिएका छन् ।

    चिबा प्रान्तका केही क्षेत्रमा यसअघि सबैभन्दा उच्च पाँचौँ तहको आपत्कालीन चेतावनी जारी गरिएको थियो । पछि त्यसलाई चौथो तहमा झारिए पनि पहिरो र डुबानको जोखिम कायमै रहेको भन्दै अधिकारीहरूले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेका छन् ।

    यातायात सेवा प्रभावित भएपछि करिब ७ हजार मानिस नारिता विमानस्थलमा रोकिएका छन् भने चिबाका विभिन्न स्थानमा सयौँ मानिसले आश्रय लिएका छन् । बाढीका कारण चिबासहित चार प्रान्तका करिब २४ हजार घरधुरीमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend