२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

ललिता निवास प्रकरणमा नेपाल र भट्टराईसँग सर्वोच्चले माग्यो लिखित जवाफ


सञ्चार डबली
  • बिहीबार , साउन २८ २०८३
  • 2.9K
    SHARES

  • images
    ललिता निवास प्रकरणमा नेपाल र भट्टराईसँग सर्वोच्चले माग्यो लिखित जवाफ

    काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईसँग लिखित जवाफ माग गरेको छ ।

    सर्वोच्चले दुवै जनाको नाममा आदेश जारी गर्दै मुद्दा चलाउन नपर्ने भए जवाफ पेस गर्न आदेश दिएको हो । नेपाल र भट्टराईका साथै सर्वोच्चले महान्यायाधीवक्ता कार्यालय र विशेष अदालतका नाममा समेत लिखित आदेश माग गरेको छ ।

    मन्त्रिपरिषदको निर्णयको आडमा उन्मुक्ति दिएर पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई मुद्दा नचलाइएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपाने सर्वोच्च अदालत गएका थिए ।

    उनले पूर्वप्रधानमन्त्रीहरू नेपाल र डा. भट्टराईमाथि समेत अनुसन्धान गरी मुद्दा चलाउनुपर्ने आदेश हुनुपर्ने माग गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend