२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

रोल्पामा पहिरोमा परि तीन जनाको मृत्यु, ९ जना बेपत्ता


सञ्चार डबली
  • बिहीबार , साउन २८ २०८३
  • 2.1K
    SHARES

  • images
    रोल्पामा पहिरोमा परि तीन जनाको मृत्यु, ९ जना बेपत्ता

    रोल्पा । रोल्पाको थवाङ गाउँपालिका–५ उवा, कोटलबारा र बेँसी क्षेत्रमा पहिरोले ठूलो क्षति पुर्‍याएको छ । माथिबाट लेदोसहितको पहिरो खस्दा ११ वटा घर तथा गोठ बगाएको प्रहरीले जनाएको छ ।

    पहिरोमा परी कमलबहादुर पुन मगर, मनरखी पुन मगर र शान्ती पुन मगरको मृत्यु भएको छ । घटनास्थलबाट उनीहरूको शव फेला परिसकेको प्रहरीले जनाएको छ।

    पहिरोमा परी सञ्जय घर्ती मगर र हिमाल पुन मगर गम्भीर घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार घटनामा ९ जना अझै बेपत्ता छन् । बेपत्ता हुनेमा हस्तकला रोका मगर, लिलबहादुर पुन मगर, मणि पुन मगर, जुनकुमारी पुन मगर, अशोक पुन मगर, असिम पुन मगर, अजम्बर पुन मगर, दलबहादुर पुन मगर र बलबहादुर पुन मगर रहेका छन् ।

    घटनास्थलमा उद्धार तथा खोजी कार्य तीव्र पारिएको छ । स्थानीयवासी, प्रहरीलगायतको टोलीले बेपत्ताको खोजी तथा उद्धार कार्य जारी राखेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend