२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

सिन्धुपाल्चोकमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु


सञ्चार डबली
  • बिहीबार , साउन २८ २०८३
  • 1.1K
    SHARES

  • images
    सिन्धुपाल्चोकमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वरामा ढुङ्गा बोकेको टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    बुधबार साँझ करिब ६: ५० बजे मानेश्वरबाट बाह्रबिसेतर्फ आउँदै गरेको बा ५ ख ४११० नम्बरको ढुङ्गा लोड गरिएको टिपर अनियन्त्रित भई पल्टिएको हो ।

    काभ्रेको पाँचखाल नगरपालिका–१३ का २५ वर्षीय अनिस पाण्डेले चलाएको टिपरमा सवार बाह्रबिसे नगरपालिका–८ का २९ वर्षीय राजु लामा दुर्घटनाका क्रममा सडक छेउतर्फ हाम फालेका थिए । त्यसलगत्तै टिपर पल्टिँदा उनी त्यसमा च्यापिएका थिए ।

    घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले लामाको उद्धार गरी उपचारका लागि नगर अस्पताल बाह्रबिसे पुर्‍याएको थियो । तर उपचारका क्रममा साँझ ७: ४५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

    प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणपछि मृतकका बुवा हिराबहादुर तामाङलाई शव जिम्मा लगाएको छ । दुर्घटनामा संलग्न टिपर चालक पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend