२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

एनएमबि बैंकको अगुवाइमा ६५ मेगावाटको दुधखोला जलविद्युत आयोजनाको जुट्यो लगानी


सञ्चार डबली
  • सोमबार, साउन २५ २०८३
  • 1.5K
    SHARES

  • images
    एनएमबि बैंकको अगुवाइमा ६५ मेगावाटको दुधखोला जलविद्युत आयोजनाको जुट्यो लगानी

    काठमाडौँ / एनएमबि बैंक लिमिटेडको अगुवाइमा मनाङमा निर्माणाधीन ६५ मेगावाट क्षमताको दुधखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ।

    बैंक आयोजनाको मुख्य लगानीकर्ता तथा अगुवा बैंकका रूपमा रहेको छ। मनाङ जिल्लामा निर्माण भइरहेको उक्त आयोजना दुधखोला हाइड्रो पावर कम्पनी प्रालिले प्रवर्द्धन गरेको हो। 

    कम्पनीका प्रमुख लगानीकर्तामा माउन्टेन इनर्जी नेपाल लिमिटेड तथा सीताराम तिमिल्सिना नेतृत्वको समूह रहेका छन्। आयोजनाको वित्तीय व्यवस्थापनअन्तर्गत एनएमबि बैंक अगुवा बैंक र सानिमा बैंक लिमिटेड सह–अगुवा बैंकका रूपमा रहेका छन्। 

    आयोजनाको कुल अनुमानित लागत १२ अर्ब ९० करोड रुपैयाँ रहेको छ। सोमध्ये बैंक तथा वित्तीय संस्थाबाट ९ अर्ब ६७ करोड रुपैयाँ ऋण लगानी हुने बैंकले जनाएको छ।

    ऋण सम्झौतामा एनएमबि बैंकका तर्फबाट सहायक महाप्रबन्धक दिनेश दुलाल र दुधखोला हाइड्रो पावर कम्पनीका तर्फबाट अध्यक्ष अरुण केसीले हस्ताक्षर गरेका छन्।

    दुधखोला जलविद्युत आयोजना मनाङमा निर्माण भइरहेको महत्वपूर्ण जलविद्युत परियोजनामध्ये एक हो। 

    आयोजनामा बैंक तथा वित्तीय संस्थाको ऋण लगानीसँगै प्रवर्द्धक समूहको लगानी रहनेछ। वित्तीय व्यवस्थापन सम्पन्न भएपछि आयोजनाको निर्माण कार्यलाई आवश्यक वित्तीय स्रोत जुटाउन सहज हुने अपेक्षा गरिएको छ।

    एनएमबि बैंकले जलविद्युत क्षेत्रमा आफ्नो लगानीलाई निरन्तर विस्तार गर्दै आएको जनाएको छ। बैंकका अनुसार हालसम्म उसले ५० भन्दा बढी जलविद्युत आयोजनामा लगानी गरिसकेको छ। बैंकले ऊर्जा क्षेत्रलाई प्राथमिकतामा राख्दै जलविद्युत आयोजना निर्माण तथा विस्तारमा वित्तीय सहयोग गर्दै आएको छ।

    बैंकले जलविद्युत क्षेत्रमा लगानी गर्दा वातावरणीय तथा सामाजिक पक्षलाई समेत प्राथमिकता दिँदै आएको जनाएको छ। नेपाल राष्ट्र बैंकद्वारा जारी वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापनसम्बन्धी निर्देशिका, २०२२ अनुसार बैंकले वातावरणीय तथा सामाजिक नीति तथा व्यवस्थापन प्रणाली कार्यान्वयन गर्दै आएको छ।

    यसै क्रममा दुधखोला जलविद्युत आयोजनाको वातावरणीय तथा सामाजिक पक्षको समेत अध्ययन तथा मूल्याङ्कन गरिएको बैंकले जनाएको छ। 

    अन्तर्राष्ट्रिय असल अभ्यासलाई अवलम्बन गर्ने क्रममा आयोजनामा हाइड्रोपावर सस्टेनेबिलिटी एलायन्सद्वारा विकसित प्रारम्भिक वातावरणीय, सामाजिक तथा सुशासन परीक्षण उपकरण प्रयोग गरिएको थियो।

    उक्त मूल्याङ्कनमार्फत आयोजनाको वातावरणीय तथा सामाजिक प्रभाव, जोखिम र व्यवस्थापनका पक्षहरूको अध्ययन गरिएको बैंकले जनाएको छ। जिम्मेवार लगानीको अवधारणाअनुसार आयोजना सञ्चालनमा वातावरणीय तथा सामाजिक मापदण्डलाई ध्यान दिइएको बैंकको भनाइ छ।

    एनएमबि बैंकले देशभर १९८ शाखा, १७६ एटीएम तथा ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ। बैंकले जलविद्युतलगायत पूर्वाधार तथा उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्दै आर्थिक गतिविधि र ऊर्जा विकासमा योगदान पुर्‍याउने लक्ष्य लिएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend