२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

पोखरामा बीवाईडीको पूर्ण थ्री-एस सुविधा सञ्चालनमा


सञ्चार डबली
  • सोमबार, साउन २५ २०८३
  • 1.4K
    SHARES

  • images
    पोखरामा बीवाईडीको पूर्ण थ्री-एस सुविधा सञ्चालनमा

    काठमाडौं । बीवाईडीले पोखरामा आफ्नो आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । साइमेक्स इंक प्रालिले आफ्नो आधिकारिक डिलर फ्ल्यास मोबिलिटी प्रालिमार्फत पोखरा महानगरपालिका–१०, बुद्धचोकमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो ।

    नयाँ सर्भिस सेन्टर सञ्चालनमा आएसँगै पोखरामा बीवाईडीको सेल्स, सर्भिस र स्पेयर पार्ट्स (थ्रीएस) सुविधा उपलब्ध भएको कम्पनीले जनाएको छ । यसबाट गण्डकी प्रदेश तथा आसपासका बीवाईडी ग्राहकले कम्पनीकै आधिकारिक सेवा पाउने भएका छन् ।

    सर्भिस सेन्टरको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरेका हुन् ।

    यसअघि पोखराका बीवाईडी ग्राहकले कम्पनीबाट तालिमप्राप्त तेस्रो पक्षका सर्भिस पार्टनरमार्फत सेवा लिँदै आएका थिए । अब भने ग्राहकले बीवाईडीकै आधिकारिक सर्भिस सेन्टरबाट सेवा लिन सक्नेछन् ।

    सर्भिस सेन्टरमा जेन्युइन स्पेयर पार्ट्स, आधुनिक उपकरण र कम्पनीबाट तालिमप्राप्त प्राविधिक उपलब्ध हुने कम्पनीले जनाएको छ ।

    करिब ७ हजार २३३ वर्गफिट क्षेत्रफलमा फैलिएको सर्भिस सेन्टर विशेषगरी विद्युतीय सवारीसाधनको मर्मत तथा सेवाका लागि बनाइएको हो । यहाँ चारवटा भेइकल लिफ्ट, छुट्टै मर्मत क्षेत्र, विद्युतीय गाडीको हाई भोल्टेज प्रणालीमा काम गर्ने विशेष ठाउँ, स्पेयर पार्ट्स स्टोर र गाडी धुने सुविधा छन् ।

    यो सर्भिस सेन्टरले दैनिक १५ देखि १६ वटा गाडीलाई सेवा दिन सक्ने क्षमता राख्छ । यसले ग्राहकको प्रतीक्षा समय घटाउने र सेवा छिटो तथा प्रभावकारी बनाउने कम्पनीको अपेक्षा छ ।

    ग्राहकले यहाँ नियमित सर्भिसिङ, ब्याट्री परीक्षण, मेकानिकल तथा इलेक्ट्रिकल मर्मत, डेन्ट–पेन्ट, रोडसाइड असिस्टेन्स, वारेन्टी सर्भिस र जेन्युइन स्पेयर पार्ट्सको सुविधा पाउनेछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend