२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

यस्तो छ ‘अग्रगामी मोर्चा’को अवधारणापत्र (पूर्णपाठ)


सञ्चार डबली
  • शनिबार, साउन २३ २०८३
  • 2.7K
    SHARES

  • images
    यस्तो छ ‘अग्रगामी मोर्चा’को अवधारणापत्र (पूर्णपाठ)

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालसहित ८ दलले संयुक्त रूपमा ‘अग्रगामी मोर्चा’ घोषणा गरेका छन्। आज काठमाडौं ब्यांक्वेट थापागाउँमा आयोजित कार्यक्रमबाट मोर्चाको घोषणा गरिएको हो।

    मोर्चा घोषणासँगै २८ बुँदे अवधारणा पत्र पनि सार्वजनिक गरिएको छ। अवधारणा पत्रमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, डा. चन्द्रकान्त राउतको जनमत पार्टी, प्रभु साहको आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी, प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सन्तोष परियारले हस्ताक्षर गरेका छन्।

    यस्तै, नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अंसारी, बहुजन एकता पार्टीका अध्यक्ष डा. हरिनन्दन कुमार रञ्जन र खम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष रामकुमार राईले पनि हस्ताक्षर गरेका छन्। मोर्चाको नेतृत्वको कार्यकाल निश्चित अवधिका लागि हुने, सकेसम्म सर्वसम्मतिबाट निर्णय गरिने, सर्वसम्मति नभएमा लोकतान्त्रिक विधि र प्रक्रिया अनुसार हुने उल्लेख छ।

    मोर्चाको निर्णयको सम्मान गर्ने सबै सदस्यहरूको कर्तव्य हुने, मोर्चाका घटक दलहरूले सार्वजनिक रूपमा मोर्चाको निर्णय विपरीत गतिविधि गर्न नहुने, कुनै विषयमा विवाद उत्पन्न भए सोको समाधान आपसी समझदारी र सहमतिबाट गरिने उल्लेख छ।

    निर्वाचनमा साझा रणनीति तथा आवश्यकताअनुसार संयुक्त सहभागिता– आन्दोलन, जनसङ्घर्ष तथा जनजीविकासम्बन्धी अभियानहरू संयुक्त रूपमा सञ्चालन गर्ने, राष्ट्रिय महत्वका राजनीतिक, आर्थिक तथा सामाजिक मुद्दामा साझा अवधारणा निर्माण गरी संयुक्त पहल गर्ने अवधारणा पत्रमा भनिएको छ। मोर्चाको प्रस्तावना र उद्देश्य अनुकूल हुने गरी राजनीतिक, सङ्गठनात्मकलगायतका अन्य आवश्यक निर्णय गरी कार्यान्वयन गर्न सक्ने सहमति भएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend