२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

लाभाशं घोषणा गर्ने पहिलो बैंक बन्यो कामना सेवा विकास बैंक 


सञ्चार डबली
  • शुक्रबार, साउन २२ २०८३
  • 990
    SHARES

  • images
    लाभाशं घोषणा गर्ने पहिलो बैंक बन्यो कामना सेवा विकास बैंक 

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आ.व. २०८२/८३ को संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभाशं घोषणा गरेको छ । बैंकले अग्राधिकार शेयरधनीहरुलाई अग्राधिकार शेयर बाँडफाँड भएको मितिबाट असार मसान्त, २०८३ सम्म अनुपातिक रुपमा ९ प्रतिशत र साधारण शेयरधनीहरुलाई १५ प्रतिशत नगद लाभाशं (कर समेत) घोषणा गरेको हो ।

    उक्त लाभाशं नेपाल राष्ट्र बैंकको स्वीकृती तथा बैंकको २० औं वार्षिक साधारणसभाबाट पारित भए पश्चात् शेयरधनीहरुले प्राप्त गर्नेछन् । गत वर्ष बैंकले बोनस शेयर र नगद लाभांश गरी जम्मा १५.७८९५ प्रतिशत लाभाशं वितरण गरेको थियो ।

    बैंकको मिति २०८३ साउन २२ गते शुक्रबार दिनको ४ बजे बैंकको केन्द्रीय कार्यालयमा बसेको सञ्चालक समितिको ४१९ औं बैठकले उक्त प्रस्ताव पारित भएको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताउनुभयो । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend