२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

एनएमबी सरल बचत फण्ड-ईले इकाईधनीलाई ५.२५ प्रतिशत नगद प्रतिफल दिने


सञ्चार डबली
  • शुक्रबार, साउन २२ २०८३
  • 1.7K
    SHARES

  • images
    एनएमबी सरल बचत फण्ड-ईले इकाईधनीलाई ५.२५ प्रतिशत नगद प्रतिफल दिने

    काठमाडौँ / एनएमबी म्युचुअल फण्डअन्तर्गत सञ्चालनमा रहेको एनएमबी सरल बचत फण्ड–ई ले आर्थिक वर्ष २०८२/८३ का लागि इकाईधनीलाई ५.२५ प्रतिशत नगद प्रतिफल वितरण गर्ने भएको छ।

    फण्डको २०८३ असार मसान्तमा कायम ४ अर्ब ८१ करोड १७ लाख ५५ हजार ९७८ रुपैयाँ ४० पैसा बराबरको इकाई पुँजीको ५.२५ प्रतिशतका दरले कुल २५ करोड ६८ लाख १७ हजार १८८ रुपैयाँ ८७ पैसा नगद प्रतिफल वितरण गर्ने निर्णय भएको हो। उक्त प्रतिफलमा करसमेत समावेश रहेको कम्पनीले जनाएको छ।

    प्रतिफल प्राप्त गर्न २०८३ साउन २१ गतेसम्म इकाईधनी दर्ता किताबमा कायम रहेका इकाईधनीहरू योग्य हुनेछन्।

    कम्पनीका अनुसार प्रतिफल वितरण प्रक्रिया पारदर्शी, व्यवस्थित तथा नियामकीय व्यवस्थाअनुसार सञ्चालन गरिनेछ। इकाईधनीले लाभांश पुनर्लगानी योजना रोजेमा प्राप्त प्रतिफलबाट थप इकाई खरिद गरी आफ्नो लगानी विस्तार गर्न सक्नेछन्।

    DRIP मा सहभागी नहुने इकाईधनीको प्रतिफल भने आवश्यक कर कट्टी गरी सम्बन्धित बैंक खातामा जम्मा गरिने कम्पनीले जनाएको छ।

    एनएमबी क्यापिटल लिमिटेडले दीर्घकालीन लगानी व्यवस्थापन, जोखिम नियन्त्रण तथा स्थिर प्रतिफलमार्फत लगानीकर्ताको विश्वास सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ। आगामी दिनमा पनि बजारको अवस्था, लगानीका अवसर तथा लगानीकर्ताको हितलाई प्राथमिकतामा राख्दै प्रभावकारी फण्ड व्यवस्थापनलाई निरन्तरता दिने कम्पनीले जनाएको छ।

    कम्पनीले इकाईधनीलाई आफ्नो बैंक खाता तथा व्यक्तिगत विवरण अद्यावधिक राख्न आग्रह गरेको छ। प्रतिफल वितरणसम्बन्धी थप जानकारीका लागि कम्पनीको कार्यालय वा आधिकारिक माध्यमबाट सम्पर्क गर्नसमेत अनुरोध गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend