२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त


सञ्चार डबली
  • बिहीबार , साउन २१ २०८३
  • 3.3K
    SHARES

  • images
    नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

    काठमाडौं । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले साहलाई निगमको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो ।

    साह यसअघि पनि नेपाल आयल निगममा निमित्त कार्यकारी निर्देशकका रूपमा काम गरिसकेका छन् । यसअघि चण्डिका भट्ट कार्यकारी निर्देशक थिए। सरकारले अघिल्लो नियुक्तिहरू बदर गरेपछि उनी पदमुक्त भएका थिए।

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिस्पर्धामार्फत नयाँ कार्यकारी निर्देशक छनोट गरेको हो । यस पदका लागि नागेन्द्र साहसँगै कौशल केसी र सञ्जीवकुमार देव पनि प्रतिस्पर्धामा थिए । प्रतिस्पर्धीलाई पछि पार्दै साह कार्यकारी निर्देशकमा नियुक्त भएका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend