२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

कृषि विकास बैंकको वितरणयोग्य मुनाफा साढे २९ प्रतिशतले घट्यो, निक्षेप बढ्याे


सञ्चार डबली
  • बिहीबार , साउन २१ २०८३
  • 38.1K
    SHARES

  • images
    कृषि विकास बैंकको वितरणयोग्य मुनाफा साढे २९ प्रतिशतले घट्यो, निक्षेप बढ्याे

    काठमाडौं। सरकारी स्वामित्वको कृषि विकास बैंकले गत आर्थिक वर्ष २०८२÷८३ को चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

    विवरणअनुसार बैंकको अघिल्लो आर्थिक वर्षको असारसम्म खुद मुनाफा ३ अर्ब ७३ करोड २४ लाख रहेकोमा गत आर्थिक वर्षको सोही अवधिसम्ममा २९.५२ प्रतिशत घटेर २ अर्ब ६३ करोड ६ लाखमै सीमित भएको छ।

    बैंकले असारम्म ९ अर्ब १२ करोड १५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको ९ अर्ब ४४ करोड ७४ लाख रुपैयाँको तुलनामा ३.४५ प्रतिशत कम हो। समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा ३ अर्ब ९४ करोड ३५ लाख रुपैयाँ कायम भएको छ, जुन अघिल्लो आर्थिक वर्ष ५ अर्ब २१ करोड ८ लाख रुपैयाँ थियो।

    बैंकको कर्जा नोक्सानी व्यवस्था अघिल्लो वर्ष ६३ करोड ७ लाख रहेकोमा गत आर्थिक वर्षमा बढेर १ अर्ब ७१ करोड ६० लाख रुपैयाँ पुगेको छ।

    बैंकको खुद वितरणयोग्य नाफा ५७ करोड २६ लाख रुपैयाँ रहेको छ, जुन अघिल्लो आर्थिक वर्ष २ अर्ब ४३ करोड ३० लाख थियो। कुल वितरणयोग्य नाफा १ अर्ब २६ करोड २१ लाख रुपैयाँ कायम भएको छ। 

    कुल चुक्ता पुँजी १९ अर्ब ७३ करोड ८२ लाख रुपैयाँ रहेको बैंकको साधारण सेयर पुँजी १४ अर्ब ३० करोड र अग्रधिकार सेयर पुँजी ५ अर्ब ४३ करोड रहेको छ। जगेडा तथा सञ्चित नाफा गरी बैंकको कुल इक्विटी ३८ अर्ब ९० करोड रुपैयाँ पुगेको छ।

    बैंकको निक्षेप ३ खर्ब ४७ अर्ब २१ करोड पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको २ खर्ब ९३ अर्ब ५८ करोड रुपैयाँको तुलनामा १८.३६ प्रतिशतले बढेको हो। यस्तै, २ खर्ब ४७ अर्ब १४ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको २ खर्ब १२ अर्ब ६७ करोड रुपैयाँभन्दा १६.२४ प्रतिशतले बढी हो।

    बैंकको प्रतिसेयर आम्दानी २४.५९ रुपैयाँबाट १६.११ रुपैयाँमा झरेको छ भने खराब कर्जा ३.४४ प्रतिशतबाट ४.०७ प्रतिशतमा र प्रतिसेयर नेटवर्थ २३१.७१ रुपैयाँ रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend