२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

बाँकेमा इटा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु


सञ्चार डबली
  • बुधबार, साउन २० २०८३
  • 6.2K
    SHARES

  • images
    बाँकेमा इटा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

    नेपालगञ्ज – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इँटा भट्टामा पर्खाल भत्किँदा दुई जना मजदुरको मृत्यु भएको छ।

    गत साउन १८ गते बिहान करिब ११:२० बजे इँटा भट्टाको पर्खाल अचानक भत्किँदा ५२ वर्षीय वर्षादी लोधको घटनास्थलमै मृत्यु भएको थियो। सोही दुर्घटनामा परी ४५ वर्षीय राम फेरन कोरी गम्भीर घाइते भएका थिए।

    गम्भीर घाइते कोरीको उपचारका क्रममा बुधबार बिहान ३:३० बजे अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि मृतक लोधको शव पोस्टमार्टम गरी आफन्तको जिम्मा लगाइसकिएको छ भने कोरीको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ।

    दुर्घटना कसरी भयो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend