२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

सिल्क ग्रुपद्वारा ‘चाइना बजार’ ई–कमर्स प्लेटफर्म सञ्चालन, छिट्टै आईपीओ ल्याउने घोषणा


सञ्चार डबली
  • बिहीबार , साउन १४ २०८३
  • 2.7K
    SHARES

  • images
    सिल्क ग्रुपद्वारा ‘चाइना बजार’ ई–कमर्स प्लेटफर्म सञ्चालन, छिट्टै आईपीओ ल्याउने घोषणा

    काठमाडौं । सिल्क ग्रुपले आफ्नो व्यवसाय विविधीकरण रणनीतिअन्तर्गत ‘चाइना बजार’ नामक नयाँ ई–कमर्स प्लेटफर्म औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । कम्पनीले विशेष कार्यक्रम आयोजना गर्दै प्लेटफर्म सार्वजनिक गरेको हो ।

    सिल्क ग्रुपका अध्यक्ष रमेश शेर्पाका अनुसार प्रारम्भिक चरणमा ‘चाइना बजार’ले व्यवसायदेखि ग्राहक (बीटुसी) मोडलमार्फत सेवा सुरु गरेको छ । यससँगै कम्पनीले आफ्नो पहिलो अफलाइन ‘एक्स्पेरियन्स स्टोर’ पनि सञ्चालनमा ल्याएको छ ।

    ललितपुरको ग्वार्खोस्थित टुलिप होटल परिसरमा सञ्चालनमा आएको उक्त स्टोरमा ग्राहकले सामान प्रत्यक्ष अवलोकन र अनुभव गर्न सक्नेछन् । कम्पनीले आगामी एक वर्षभित्र वीरगञ्ज र भैरहवामा थप दुई वटा एक्स्पेरियन्स स्टोर विस्तार गर्ने योजना बनाएको जनाएको छ ।

    अध्यक्ष शेर्पाले भविष्यमा व्यवसायदेखि व्यवसाय (बीटुबी) सेवा पनि देशभर विस्तार गरिने जानकारी दिए । उनका अनुसार ‘चाइना बजार’मार्फत साना तथा मझौला व्यापारीहरूले पनि प्रत्यक्ष लाभ लिन सक्नेछन् । कम्पनीले यस प्लेटफर्मलाई देशव्यापी व्यापारिक सञ्जालका रूपमा विकास गर्ने लक्ष्य राखेको छ ।

    कार्यक्रममा अध्यक्ष शेर्पाले सिल्क ग्रुपलाई पुँजी बजारमा लैजाने तयारी भइरहेको जानकारी दिँदै सर्वसाधारणका लागि छिट्टै प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने घोषणा पनि गरे ।

    कम्पनीका अनुसार ‘चाइना बजार’ले चीनका उत्पादनकर्ताबाट सामान सिधै खरिद गरी आफ्नै गोदाममा भण्डारण गर्ने तथा आफ्नै व्यवस्थापनमार्फत ग्राहकसम्म डेलिभरी गर्नेछ । यसले बीचका अतिरिक्त शुल्क हटाई सामान पारदर्शी मूल्यमा उपलब्ध गराउने, डेलिभरी समय घटाउने र लागत कम गर्ने दाबी गरिएको छ ।

    ‘इन्जोय योर सपिङ’ नारासहित सञ्चालनमा आएको प्लेटफर्ममा प्रारम्भिक चरणमा इलेक्ट्रोनिक्स, फेसन, लाइफस्टाइल, स्वास्थ्य तथा सौन्दर्यसँग सम्बन्धित सामग्री उपलब्ध हुनेछन् । ग्राहकले ईसेवा र खल्तीमार्फत डिजिटल भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend