२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

‘ग्लोबल नेपाली फिल्म अवार्ड’ नवौँ संस्करण पहिलोपटक अस्ट्रेलियाको सिड्नीमा हुँदै


सञ्चार डबली
  • बिहीबार , साउन १४ २०८३
  • 4.2K
    SHARES

  • images
    ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ नवौँ संस्करण पहिलोपटक अस्ट्रेलियाको सिड्नीमा हुँदै

    काठमाडौं । ग्लोबल नेपाली फिल्म अवार्ड पहिलोपटक अस्ट्रेलियाको सिड्नीमा हुने भएको छ । १७ डिसेम्बर २०२६ मा ग्लोबल नेपाली फिल्म अर्वाडको नवौँ संस्करण सिड्नीस्थित टाउनहलमा आयोजना हुने भएको हो ।  

    नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी र भारा इन्टरटेनमेन्ट अस्ट्रेलियाबीच औपचारिक सम्झौता भएको छ । 

    सम्झौतामा नेपाल फिल्म सोसाइटी तथा ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसीका प्रतिनिधि एवं संयोजक सञ्जय खतिवडा र भारा इन्टरटेनमेन्ट अस्ट्रेलियाका संस्थापक तथा आयोजक अरुण श्रेष्ठले हस्ताक्षर गरेका छन् ।  

    नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्ल भर्चुअल माध्यमबाट कार्यक्रममा सहभागी भएका थिए । उनले सिड्नीमा आयोजना हुन लागेको नवौँ संस्करणले ग्लोबल नेपाली फिल्म अवार्डको इतिहासमा नयाँ अध्याय थप्ने विश्वास गरे । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend