काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गरेका छन् ।
बुधबार मध्यान्न सभापति लामिछानेले राष्ट्रपति पौडेलसँग भेटघाट गरेका हुन् । सभापति लामिछानेले बुधबार राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
यसअघि आजै रविले सर्वदलीय बैठक आह्वान गरी सबै राजनीतिक दलसँग संवाद गरेका थिए । सुनसरीमा भइरहेको घटनाक्रमपछि सभापति लामिछानेले चासो देखाएर भेटघाटलाई तिव्रता दिएका हुन् ।
भेटका क्रममा लामिछानेले समसामयिक तथा पछिल्लो राजनीतिक अवस्था तथा सुनसरी घटनाका विषयमा छलफल गर्न बोलाएको सर्वदलीय बैठकमा बारेमा जानकारी गराएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ ।



