२०८३, साउन १३ गते

images
Logo

Jul 29 2026 | २०८३, साउन १३ गते

images
  • बुधबार, साउन १३ २०८३
images

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन


सञ्चार डबली
  • मंगलबार, साउन १२ २०८३
  • 814
    SHARES

  • कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । कांग्रेस नेता एवं गण्डकी प्रदेशका पूर्वमन्त्री मेखलाल श्रेष्ठले गोपालमानको निधन भएको पुष्टि गरे ।

    सामाजिक सञ्जालमा लेख्दै मेखलालले उपचारको क्रममा ललितपुरको हेलियस अस्पतालमा निधन भएको र भोलि अन्त्येष्टि गरिने बताए । उनका अनुसार बुधबार बिहान ८ बजे श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरिर पार्टी कार्यालय सानेपामा राखिनेछ ।

    स्वास्थ्यमा समस्या आएपछि केही समयदेखि गोपालमान उपचाररत रहेका थिए । पूर्व उपप्रधानमन्त्री एवं कांग्रेसका पूर्व उपसभापति समेत भइसकेका श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको हो । उनलाई केही दिनअघि मात्र कांग्रेसको वरिष्ठ नेता बनाइएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend