२०८३, असोज ९ गते

images
Logo

Sep 25 2026 | २०८३, असोज ९ गते

images
  • शुक्रबार, असोज ९ २०८३
images

डिजिटल वालेटमा राष्ट्रिय परिचयपत्र अनिवार्य, असोज मसान्तसम्म अद्यावधिक गर्नुपर्ने


सञ्चार डबली
  • शनिबार, साउन ९ २०८३
  • 2.5K
    SHARES

  • images
    डिजिटल वालेटमा राष्ट्रिय परिचयपत्र अनिवार्य, असोज मसान्तसम्म अद्यावधिक गर्नुपर्ने

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले इ-सेवा, खल्तीजस्ता डिजिटल वालेटहरूमा राष्ट्रिय परिचयपत्रको विवरण अनिवार्य रूपमा अद्यावधिक गर्न निर्देशन दिएको छ । केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन २०८२ मा संशोधन गर्दै यस्तो व्यवस्था लागू गरेको हो ।

    नयाँ निर्देशन अनुसार अब नयाँ वालेट खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य हुनेछ भने पुराना प्रयोगकर्ताहरूले २०८३ असोज मसान्तसम्ममा आफ्नो विवरण अद्यावधिक गरिसक्नुपर्नेछ ।

    विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकहरूको हकमा भने राष्ट्र बैंकले केही लचिलो व्यवस्था गरेको छ । उनीहरूले विदेशबाटै अनलाइनमार्फत खाता खोल्दा राष्ट्रिय परिचयपत्र बिना नै अन्य आवश्यक कागजातका आधारमा सेवा लिन सक्नेछन् । यद्यपि, उनीहरू नेपाल फर्किएको ३५ दिनभित्र अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्रको विवरण वालेटमा अद्यावधिक गर्नुपर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend