काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मोमार्फत आईएमईमा रेमिट्यान्स पठाउने सेवाग्राहीलाई लक्षित ‘टिग्मोमार्फत आईएमई गरौँ, उपहार जितौं’ योजनाअन्तर्गत अभिषेक कालाखेतीले बीवाईडी एट्टो १ ईभी जितेका छन् ।
मंगलबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा आईएमईले विजेता अभिषेक कालाखेतीका तर्फबाट उनकी श्रीमती कल्पना कालाखेतीलाई ईभी हस्तान्तरण गरेको हो ।
योजनाअन्तर्गत युवराज न्यौपाने र सन्तोष गिरीले याडिया ओविन इलेक्ट्रिक स्कुटर जितेका छन् भने १२ जना विजेताले आइफोन १७ प्राप्त गरेका छन् । साथै ५ जनाले १०/१० हजार रुपैयाँ नगद पुरस्कार पनि हात पारेका छन् ।
पुरस्कार वितरण कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र टिग्मोका प्रतिनिधिले संयुक्त रूपमा विजेताहरूलाई पुरस्कार हस्तान्तरण गरे ।
कार्यक्रममा अध्यक्ष ढकालले रेमिट्यान्स सेवा कागजी प्रक्रियाबाट डिजिटल युगमा प्रवेश गरिसकेको उल्लेख गर्दै साउदी अरबमा कार्यरत नेपालीलाई टिग्मोमार्फत आईएमईमा रेमिट्यान्स पठाउन आग्रह गरे ।
त्यसैगरी आईएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले कम्पनीका प्रवर्द्धनात्मक अभियानहरू केवल बजार प्रवर्द्धनका लागि नभई सेवाग्राही तथा उनीहरूको परिवारको हितलाई केन्द्रमा राखेर सञ्चालन गरिने बताए । आगामी दिनमा पनि ग्राहकमुखी विभिन्न योजना ल्याइने उनले जानकारी दिए ।
आईएमईले उक्त योजना पुस २१ देखि चैत १७ सम्म सञ्चालन गरेको थियो । कम्पनीका अनुसार योजनाअवधिभर ७५ जना विजेताले विभिन्न पुरस्कार प्राप्त गरेका छन् । सबै विजेताको छनोट डिजिटल लक्की ड्रमार्फत गरिएको थियो ।
कम्पनीले मेगा पुरस्कारमा एक जनालाई बीवाईडी एट्टो १ ईभी, मासिक दुई जनालाई याडिया ओविन इलेक्ट्रिक स्कुटर तथा साप्ताहिक १२ जनालाई आइफोन १७ प्रदान गरेको जनाएको छ ।
यसैबीच, आईएमईले ‘टिग्मो एन्ड विन फाइभ टाइम्स मोर’ नामक नयाँ योजना अगस्ट १ देखि अक्टोबर ३१ सम्म सञ्चालन गर्ने घोषणा पनि गरेको छ । यस योजनामार्फत पनि साउदीबाट टिग्मो प्रयोग गरी आईएमईमा रेमिट्यान्स पठाउने सेवाग्राहीलाई आकर्षक पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ ।

