२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

एनसेल एपमा ‘शेक एन्ड विन’ अफर सञ्चालन


सञ्चार डबली
  • आइतबार, साउन ३ २०८३
  • 638
    SHARES

  • एनसेल एपमा ‘शेक एन्ड विन’ अफर सञ्चालन

    काठमाडौं । एनसेलले आफ्ना ग्राहकका लागि एनसेल एपमार्फत ‘शेक एन्ड विन’ अफर सञ्चालनमा ल्याएको छ। यसअन्तर्गत ग्राहकले एनसेल एप खोलेर मोबाइल हल्लाउँदा विभिन्न सरप्राइज उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

    एनसेलका अनुसार डिजिटल सेवाको प्रयोग बढाउने र ग्राहकलाई एप प्रयोगमा प्रोत्साहित गर्ने उद्देश्यले ल्याइएको यो अफरमा सहभागी हुन कुनै शुल्क लाग्दैन। ग्राहकले प्रत्येक २४ घण्टामा एकपटक मोबाइल हल्लाएर नयाँ सरप्राइज उपहार प्राप्त गर्न सक्नेछन्।

    अफरअन्तर्गत निःशुल्क अनलिमिटेड नाइट डाटा, लोकप्रिय सामाजिक सञ्जालमा अनलिमिटेड पहुँच, विभिन्न लाइफस्टाइल उत्पादन तथा यात्रा र साहसिक गतिविधिमा विशेष छुटलगायतका उपहार उपलब्ध हुने कम्पनीले जनाएको छ।

    एनसेलका प्रमुख उपभोक्ता व्यवसाय अधिकृत उपाङ्ग दत्ताले ‘शेक एन्ड विन’ एनसेल एपमा पहिलो पटक ल्याइएको गेमिफाइड सुविधा भएको उल्लेख गर्दै यसले ग्राहकलाई डिजिटल सेवा रमाइलो र अन्तरक्रियात्मक रूपमा प्रयोग गर्न प्रेरित गर्नुका साथै विभिन्न सरप्राइज उपहार जित्ने अवसर प्रदान गर्ने बताए।

    कम्पनीका अनुसार यस अफरमार्फत डिजिटल सेवाको प्रयोग बढाउनुका साथै एनसेल एपसँग ग्राहकको संलग्नता अभिवृद्धि गर्ने र एपमार्फत उपलब्ध सेवाको उपयोगलाई थप सहज बनाउने लक्ष्य राखिएको छ।  

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend