२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

पोखरामा सीजी मोटर्सको मल्टि–ब्राण्ड ईभी आउटलेट सञ्चालनमा


सञ्चार डबली
  • आइतबार, साउन ३ २०८३
  • 1.4K
    SHARES

  • पोखरामा सीजी मोटर्सको मल्टि–ब्राण्ड ईभी आउटलेट सञ्चालनमा

    काठमाडौँ / नेपालमा आयोन, एक्सपेङ र डायुन विद्युतीय सवारी साधनको आधिकारिक वितरक सीजी मोटर्सले पोखरामा नयाँ मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा ल्याएको छ। 

    गण्डकी प्रदेशका कृषि, भूमि तथा सहकारी मन्त्री भीम कार्कीले आइतबार उक्त आउटलेटको उद्घाटन गरेका हुन्।

    सीजी मोटर्सका अनुसार नयाँ आउटलेटमार्फत ग्राहकले एउटै छानामुनि आयोन, एक्सपेङ र डायुनका अत्याधुनिक विद्युतीय सवारी साधन अवलोकन, व्यक्तिगत परामर्श, टेस्ट ड्राइभ तथा बिक्रीपछिको सेवा प्राप्त गर्न सक्नेछन्। 

    कम्पनीले उपत्यकाबाहिर पनि विद्युतीय सवारी साधनको पहुँच विस्तार गर्ने रणनीतिअन्तर्गत पोखरामा नयाँ आउटलेट सञ्चालनमा ल्याएको जनाएको छ।

    उद्घाटन कार्यक्रममा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष दीपेन्द्र कोइरालाले उपत्यकाबाहिर विद्युतीय सवारीको विस्तारमा योगदान पुर्‍याएको भन्दै सीजी मोटर्सप्रति आभार व्यक्त गरे।

    कार्यक्रमका प्रमुख अतिथि मन्त्री कार्कीले ग्राहक केन्द्रित सेवा विस्तार र गुणस्तरीय बिक्रीपछिको सेवामार्फत विद्युतीय सवारीको प्रवर्द्धनमा सीजी मोटर्सले खेलेको भूमिकाको प्रशंसा गरे।

    सीजी मोटर्सका सहायक महाप्रबन्धक कञ्चन सिलवालले देशभर रहेका २६० भन्दा बढी चार्जिङ स्टेसनको सञ्जालमार्फत ग्राहकलाई सहज, पहुँचयोग्य र भरपर्दो चार्जिङ सुविधा उपलब्ध गराउँदै आएको बताए। 

    उनले यसले कम्पनीलाई नेपालको विश्वसनीय ईभी सेवा प्रदायकका रूपमा स्थापित गर्न मद्दत पुगेको उल्लेख गरे।

    करिब १५० जनाको सहभागिता रहेको उद्घाटन कार्यक्रममा नयाँ विद्युतीय सवारी खरिद गर्ने ग्राहकलाई सवारीको साँचो हस्तान्तरण गरिएको थियो। 

    कम्पनीले आगामी दिनमा पनि उपत्यकाबाहिर शाखा विस्तारलाई निरन्तरता दिने जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend