२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

बचत फिर्ता माग गर्दै सहकारी पीडित बचतकर्ता महासंघको नेतृत्वमा माईतीघरमा प्रदर्शन


सञ्चार डबली
  • सोमबार, साउन ११ २०८३
  • 704
    SHARES

  • बचत फिर्ता माग गर्दै सहकारी पीडित बचतकर्ता महासंघको नेतृत्वमा माईतीघरमा प्रदर्शन

    काठमाडौं । सहकारी पीडितहरुले समान रुपमा बचत फिर्ता गर्न माग राखेर माईतीघरमा प्रदर्शन गरेका छन् । सहकारी पीडित बचतकर्ता महासंघको नेतृत्वमा सोमबार माईतीघरमा सहकारी पीडितहरुले प्रदर्शन गरेका हुन् ।

    सहकारी पीडितहरुले सरकारले साना र ठूला बचतकर्ता भनेर पीडितहरुलाई विभाजन गरेर पीडितहरुको आन्दोलनलाई कमजोर बनाउन लागेको आरोप लगाएका छन् ।

    सहकारी पीडित बचतकर्ता महासंघका अध्यक्ष कुशलभ केसीले आन्दोलनकारी सहकारी पीडितहरुको बचत पहिला फिर्ता गर्न सरकारसँग माग गरेका हुन् ।

    माग सम्बोधन गर्न पटकपटक सरकारको ध्यानाकर्षण गराउदा समेत सुनुवाई नभएको उल्लेख गर्दै अब सहकारी पीडितहरुको आन्दोलनका मागलाई तत्काल सम्बोधन नगरेमा सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

    सहकारी पीडितसंग विगतमा गरेका सम्झौताहरु कार्यन्वयन गराउन आफूहरुले प्रदर्शनमा उत्रिएको उनको भनाई छ । उनले सरकारले साना र ठूला बचतकर्ता भनेर सहकारी पीडितलाई नै विभाजन ल्याउन खोजेको पनि आरोप लगाएका छन् ।

    सबै पीडित समान रहेकोले सबैलाई समान व्यवहार गरेर बचत फिर्ता गर्न उनले सरकारसंग आग्रह गर्नुभयो । सरकारले हाल ठूला ऋणीसंँग कर्जा असुली गरेर साना बचतकर्ताको रकम फिर्ता गर्ने रणनीति लिएको छ ।

    प्रदर्शनमा सहभागीहरुले ‘पीडितलाई न्याय दिइयोस्, फुटाउने षड्यन्त्र नगरियोस्’, ‘सानो बचतकर्ता र ठूलो बचतकर्तालाई समान व्यवहार गरियोस्’, ‘पीडितलाई न्याय कहिलेसम्म ?’, ‘जग्गा मिलानका नाममा पीडितबचतकर्ताहरूलाई गर्ने ठगी बन्द गर’, ‘सहकारी पीडित बचतकर्ताहरूलाई न्याय देउ’, ‘ए सरकार कि त मारिदेऊ, कि त खोला तारीदेऊ’, ‘सहकारी पीडित बचतकर्ता एक होऔं’, लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।

    यस्तै उनीहरुले आफू पीडित बनेको सहकारी सञ्चालकका फोटोसहितको व्यानर समेत प्रदर्शन गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend