काठमाडौं । TVS VENU समूह अन्तर्गतको तथा दुई र तीनपाङ्ग्रे सवारी साधन क्षेत्रमा विश्वव्यापी अग्रणी TVS Motor Company (TVSM) ले आज नेपालमा बहुप्रतीक्षित TVS Orbiter इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ। यससँगै कम्पनीले अन्तर्राष्ट्रिय बजारमा विद्युतीय मोबिलिटी अपनाउने प्रक्रियालाई तीव्र बनाउने आफ्नो प्रतिबद्धतालाई थप मजबुत बनाएको छ। दैनिक सहरी यात्रालाई नयाँ परिभाषा दिन डिजाइन गरिएको TVS Orbiter ले 158 km को प्रभावशाली IDC रेन्ज, क्रुज कन्ट्रोल, 34-litre बुट स्पेस, हिल होल्ड असिस्ट तथा उन्नत कनेक्टेड फिचर प्रदान गर्छ। उद्योगमै पहिलो पटक १४ इन्चको अगाडिको ह्विल प्रयोग गरिएको दाबी गर्दै कम्पनीले यसले स्कुटरलाई थप स्थिर, सहज र आरामदायी बनाउने जनाएको छ।
TVS Orbiter मा कनेक्टेड मोबाइल एप, भाइजरसहितको फ्रन्ट LED हेडलाइट र इनकमिङ कल डिस्प्ले भएको कलर LCD क्लस्टरजस्ता उन्नत फिचर समावेश छन्, जसले ग्राहकको सुविधा र सन्तुष्टिलाई अझ बढाउँछन्। यसको 3.1 kWh ब्याट्री र उन्नत एरोडाइनामिक दक्षताले स्थिर तथा प्रभावकारी कार्यसम्पादनसहित लामो रेन्ज प्रदान गर्छ। साथै, जगदम्बा मोटर्स प्रा।लि।को स्थापित आफ्टर-सेल्स सञ्जालले यसलाई थप विश्वसनीय बनाएको छ।
टीभीएस मोटर कम्पनीका अन्तर्राष्ट्रिय व्यवसाय अध्यक्ष पेयमन कार्गरले नेपालमा टीभीएस अरबिटरको आगमनले दिगो र स्वच्छ यातायात प्रवर्द्धन गर्ने कम्पनीको प्रतिबद्धतालाई थप मजबुत बनाएको बताए। आधुनिक प्रविधि, आकर्षक डिजाइन र दैनिक उपयोगिताको संयोजनमार्फत नयाँ पुस्ताका ग्राहकको आवश्यकता पूरा गर्ने उद्देश्यले यो स्कुटर विकास गरिएको उनले उल्लेख गरे।
नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवाल ले टीभीएस आइक्युबको सफलतापछि टीभीएस अरबिटरले पनि नेपाली विद्युतीय दुईपाङ्ग्रे बजारमा कम्पनीको उपस्थितिलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे। देशभर फैलिएको बिक्री तथा सेवा सञ्जालमार्फत ग्राहकलाई सहज र भरपर्दो सेवा उपलब्ध गराइने उनले बताए।
टीभीएस अरबिटर नियोन सनबर्स्ट, कोस्मिक टाइटानियम र मार्सियन कपर गरी तीन रंगमा उपलब्ध हुनेछ। कम्पनीले यसको परिचयात्मक मूल्य २ लाख ८१ हजार ९ सय रुपैयाँ निर्धारण गरेको जनाएको छ।।

