२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

सामान्य विवादमा धारिलो हतियार प्रहार गरी बुहारीको हत्या


सञ्चार डबली
  • बुधबार, साउन ६ २०८३
  • 15.3K
    SHARES

  • सामान्य विवादमा धारिलो हतियार प्रहार गरी बुहारीको हत्या

    काठमाडौं । तेह्रथुमको आठराई गाउँपालिका-६ चुहानडाँडामा सामान्य विवादका क्रममा काका–ससुराले बुहारीको हत्या गरेका छन्। 

    बुधबार बिहान चुहानडाँडाका ३८ वर्षीय कृष्ण पन्धाकले ५२ वर्षीया रुपा कन्दङ्वा पन्धाकलाई धारिलो हतियार प्रहार गरेका थिए। धारिलो हतियार प्रहारबाट रुपाको मृत्यु भएको आठराई गाउँपालिका-६ का वडाध्यक्ष कृष्णप्रसाद बास्कोटाले बताए। 

    ‘सामान्य विवादका क्रममा कृष्ण पन्धाकले रुपा कन्द्ड्वा पन्धाकको हत्या गरेका हुन्,’ वडाध्यक्ष बास्कोटाले भने। एउटै गाउँका उनीहरू नातेदार पनि हुन्। कृष्ण रुपाका काका-ससुरा रहेको वडाध्यक्ष बास्कोटाले जानकारी दिए। 

    घटनापछि कृष्ण फरार रहेका छन्। उनको खोजीका लागि इलाका प्रहरी कार्यालय, संक्रान्तिबाट प्रहरी टोली परिचालन गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend