२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

नेप्से परिसूचकमा सामान्य वृद्धि, कारोबार रकममा पनि वृद्धि


सञ्चार डबली
  • बिहीबार , असार ३२ २०८३
  • 1.2K
    SHARES

  • नेप्से परिसूचकमा सामान्य वृद्धि, कारोबार रकममा पनि वृद्धि

    काठमाडौं । लगातार तेस्रो कारोबार दिन पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । यसदिन नेप्से परिसूचक ७.५० प्रतिशतले बढेर २ हजार ५ सय ९७.८० को बिन्दुमा पुगेको छ । आज कारोबारमा आएका १ सय २१ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ५१ कम्पनीको घटेको छ ।

    आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । बिहीबार ४ अर्ब ५६ करोड २९ लाख ५० हजार रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको छ । बुधबार ४ अर्ब १७ करोड ३ लाख ९८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

    बिहीबार सबैभन्दा धेरै कमाउनेमा एनआईबीएल ग्रोथ फन्डका लगानीकर्ताहरु रहेका छन् । यस फन्डको सेयर मूल्य १४.९६ प्रतिशतले बढेर १० रुपैयाँ ९१ पैसा पुगेको छ । यता, सबैभन्दा धेरै गुमाउनेमा कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ता रहेका छन् । यस बैंकको सेयर मूल्य ८.७७ प्रतिशतले घटेर १ हजार ५९६ रुपैयाँ ५० पैसामा आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend