२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

नयाँ नेपाली कथानक चलचित्र 'हवन' प्रदर्शनको तयारी अन्तिम चरणमा


सञ्चार डबली
  • बुधबार, असार ३१ २०८३
  • 8.1K
    SHARES

  • images
    नयाँ नेपाली कथानक चलचित्र 'हवन' प्रदर्शनको तयारी अन्तिम चरणमा

    काठमाडौँ । डी.एस. इन्टरटेनमेन्ट प्रा.लि. को ब्यानरमा निर्मित नेपाली कथानक चलचित्र 'हवन' को छायांकन कार्य सम्पन्न  भएको छ । यस चलचित्रमा समाजमा पिछडिएको वर्गको संघर्षलाई मूख्य  विषयवस्तु बनाइएको छ ।

    मानव तस्करी रोक्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय माफियाको साङ्लो तोड्ने प्रयास चलचित्रमा गरिएको छ  । प्रकाश अभिराजको निर्माणमा बनेको यस चलचित्रको लेखन तथा निर्देशन शिव आचार्यले गरेका हुन् । चलचित्रमा नेपाली तथा भारतीय कालाकारको बेजोड अभिनय रहेको छ ।

    लोकप्रिय कलाकारहरू राजेन्द्र खड्की, पुजना प्रधान, प्रकाश अभिराज, रजनी के.सी, शिव आचार्य, पनाह अधिकारी, श्रेया दुलाल, भगवान भण्डारी, काजीमान महर्जन, बिजेन भाटि, द्रोण के.सि, भेषराज जैसी, ओजस्वी आचार्य लगायतकाहरुको अभिनय रहेको यस चलचित्रमा अन्य कालाकारहरुले पनि साथ दिएका छन् ।

    रामकृष्ण चौलागाई र शिव पन्तको छायांकन रहेको यस चलचित्रमा शब्द तथा संगीत सुरेन सिर्जन र विरेन्द्र खड्काको रहेको छ भने सिम्रन परियार, तृप्ती खड्का गुरुङ र बिरेन्द्र खड्काले चलचित्रमा स्वर भरेका छन् ।

    यस चलचित्रमा राजु किरातले द्वन्द्व निर्देशन, विवेक थापाका साथै अर्जुन सिलवालले नृत्य निर्देशन गरेका छन् भने शृंगार गोपी हमालको रहेको छ । चलचित्रमा क्रिएटिभ  निर्देशन सुधान्शु पाण्डे तथा मुख्य सहायक निर्देशन सुरेने सिर्जनको रहेको छ ।

    देशका  रमणीय स्थान  पोखरा, मनाङ, मुस्ताङ, पाल्पा लगायतका स्थानमा चलचित्रको छायांकन गरिएको  निर्माण पक्षले जानकारी दिएको छ । छिट्टै आइट्म सङ रिलिज गर्ने तयारी भइरहेको चलचित्रको सम्पादन  ग्लोेबल रिल मोसन पिक्चर्समा भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend