२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

सिटी एक्सप्रेसद्वारा वार्षिकोत्सवको अवसरमा रक्तदान, उत्कृष्ट कर्मचारी सम्मानित


सञ्चार डबली
  • मंगलबार, असार ३० २०८३
  • 1.5K
    SHARES

  • सिटी एक्सप्रेसद्वारा वार्षिकोत्सवको अवसरमा रक्तदान, उत्कृष्ट कर्मचारी सम्मानित

    काठमाडौँ / सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ।

    असार २७ गते १९ वर्ष पूरा गरी २०औँ वर्षमा प्रवेश गरेको अवसरमा कम्पनीले कमलादीस्थित केन्द्रीय कार्यालय परिसरमा ‘रक्तदान जीवनदान–हामी सबैको योगदान’ भन्ने मूल नारासहित खुला रक्तदान कार्यक्रम सञ्चालन गरेको हो। कार्यक्रम संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजना गरिएको कम्पनीले जनाएको छ। उल्लेख्य सहभागितामा सम्पन्न कार्यक्रममा कम्पनीका ब्रान्ड एम्बेसडर तथा चर्चित हास्य कलाकार जितु नेपालको पनि उपस्थिति रहेको थियो।

    वार्षिकोत्सवकै अवसरमा कम्पनीले उत्कृष्ट कार्यसम्पादन गर्ने वर्षभरिका कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको जनाएको छ। सिटी एक्सप्रेस मनि ट्रान्सफरले विगत १९ वर्षदेखि विश्वका विभिन्न देशबाट नेपालमा विप्रेषण सेवा प्रदान गर्दै आएको छ।

    कम्पनीले ‘सिटी पे’ वालेटमार्फत अनलाइन भुक्तानी सेवा सञ्चालन गर्नुका साथै सोही प्लेटफर्मबाट रेमिटेन्स भुक्तानी सेवासमेत उपलब्ध गराउँदै आएको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend