२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

हुन्डाई नेक्स्ट जेन कप सम्पन्न, नेपाली फुटबलको भविष्यका लागि हुन्डाई नेपालको अर्थपूर्ण पहल


सञ्चार डबली
  • सोमबार, असार २९ २०८३
  • 1.4K
    SHARES

  • हुन्डाई नेक्स्ट जेन कप सम्पन्न, नेपाली फुटबलको भविष्यका लागि हुन्डाई नेपालको अर्थपूर्ण पहल

    काठमाडौं । नेपालमा हुन्डाई सवारीसाधनको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले एजी–१० एकेडेमीसँगको सहकार्यमा ‘हुन्डाई नेक्स्ट जेन कप’ सम्पन्न गरेको छ । कम्पनीले प्रतियोगितामार्फत नेपाली फुटबलको ग्रासरुट विकास तथा भावी खेलाडीलाई अवसर प्रदान गर्ने आफ्नो दीर्घकालीन प्रतिबद्धतालाई निरन्तरता दिएको जनाएको छ ।

    ललितपुरस्थित च्यासल मैदानमा आयोजित १६ वर्षमुनिको एकदिने प्रतियोगितामा आठ टोलीका ८० युवा खेलाडी सहभागी भएका थिए । कम्पनीका अनुसार, फिफा विश्वकप २०२६ को आधिकारिक साझेदारका रूपमा हुन्डाईले आफ्नो ‘नेक्स्ट स्टाट्र्स नाउ’ अवधारणाअनुसार नेपालमा पनि ग्रासरुट फुटबलको विकासलाई प्राथमिकतामा राख्दै प्रतियोगिता आयोजना गरेको हो ।

    प्रतियोगितामा टिम क्रेटा इलेक्ट्रिक, टिम भेन्यु, टिम आयोनिक–५, टिम एक्स्टर, टिम कोना, टिम क्रेटा, टिम ग्रान्ड आई–१० नियोस र टिम प्यालिसेड गरी आठ टोलीबीच प्रतिस्पर्धा भएको थियो । प्रतिस्पर्धामा टिम भेन्यु विजेता बनेको थियो भने टिम क्रेटा इलेक्ट्रिक उपविजेतामा सीमित रह्यो ।

    कम्पनीका अनुसार, प्रतियोगिताले युवा खेलाडीलाई प्रतिस्पर्धात्मक वातावरणमा आफ्नो क्षमता प्रदर्शन गर्ने, नयाँ अनुभव हासिल गर्ने तथा आत्मविश्वास अभिवृद्धि गर्ने अवसर प्रदान गरेको छ । एजी–१० एकेडेमीसँगको सहकार्यले नेपाली फुटबलको आधारभूत तहको विकासमा दीर्घकालीन योगदान पुर्‍याउने साझा उद्देश्यलाई थप मजबुत बनाएको कम्पनीले जनाएको छ ।

    कार्यक्रममा एजी–१० एकेडेमीका निर्देशक तथा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान अनिल गुरुङले नेपालमा प्रतिभाको अभाव नभए पनि अवसरको अभाव रहेको उल्लेख गरे । यस्ता प्रतियोगिताले युवा खेलाडीलाई ठूलो सपना देख्न र त्यसलाई पूरा गर्ने आत्मविश्वास दिलाउने बताए । उनले हुन्डाई नेपालको सहयोगले नेपाली फुटबलको भविष्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे ।

    हुन्डाई नेपालले हुन्डाई नेक्स्ट जेन कप युवा विकास, समुदायसँगको सहकार्य तथा ग्रासरुट खेलकुद प्रवर्द्धनमार्फत सामाजिक योगदान गर्ने आफ्नो दीर्घकालीन रणनीतिको हिस्सा रहेको जनाएको छ । प्रतियोगिताको सफल समापनसँगै कम्पनीले भावी पुस्ताका खेलाडीलाई अवसर उपलब्ध गराउने र नेपाली फुटबलको आधारभूत विकासमा निरन्तर योगदान दिने प्रतिबद्धता दोहोराएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend