२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

इसेवामार्फत ‘सहारा हेल्थ इन्सुरेन्स’को पहुँच विस्तार, १,३९९ रुपैयाँमै ६ लाखसम्मको बीमा सुरक्षा


सञ्चार डबली
  • सोमबार, असार २९ २०८३
  • 2.2K
    SHARES

  • images
    इसेवामार्फत ‘सहारा हेल्थ इन्सुरेन्स’को पहुँच विस्तार, १,३९९ रुपैयाँमै ६ लाखसम्मको बीमा सुरक्षा

    काठमाडौँ / इसेवाले शिखर इन्याेरेन्ससँगको सहकार्यमा सञ्चालन गरिरहेको ‘सहारा हेल्थ इन्सुरेन्स’ योजनामार्फत सर्वसाधारणको स्वास्थ्य बीमामा पहुँच विस्तार गर्दै आएको जनाएको छ।

    इसेवाका अनुसार १,३९९ रुपैयाँबाट सुरु हुने यस बीमा योजनाले स्वास्थ्य तथा दुर्घटनासम्बन्धी सुविधासहित ६ लाख रुपैयाँसम्मको बीमा सुरक्षा प्रदान गर्छ।

    योजना पूर्ण रूपमा डिजिटल भएकाले ग्राहकले कुनै कागजी प्रक्रिया वा बीमा कम्पनीको कार्यालय पुग्नुपर्ने झन्झट बिना इसेवा एपमार्फत केही मिनेटमै बीमा खरिद वा नवीकरण गर्न सक्नेछन्। योजनाअन्तर्गत ग्राहकले आफ्नो आवश्यकता र उमेरअनुसार १ लाख, २ लाख वा ५ लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा छनोट गर्न सक्नेछन्। 

    यसमा २४ घण्टा वा सोभन्दा बढी अस्पताल भर्ना उपचार, २५ भन्दा बढी अस्पतालमा नगदरहित उपचार, १५० भन्दा बढी डे–केयर सेवा तथा अस्पताल भर्नाअघि र डिस्चार्जपछिका योग्य चिकित्सा खर्च समेटिएको छ। साथै १ लाख रुपैयाँसम्मको दुर्घटना बीमासमेत उपलब्ध रहेको कम्पनीले जनाएको छ।

    ५ देखि ६५ वर्ष उमेर समूहका लागि लक्षित यो योजना इसेवा एपको ‘इन्सुरेन्स’ सेक्सनमार्फत सहज रूपमा खरिद गर्न सकिनेछ। आवश्यक विवरण भरेर भुक्तानी गरेपछि बीमा पोलिसी तत्काल डिजिटल रूपमा उपलब्ध हुने व्यवस्था छ।

    इसेवाले सुलभ प्रिमियम, सहज डिजिटल प्रक्रिया र व्यापक कभरेजमार्फत स्वास्थ्य बीमामा नागरिकको पहुँच बढाउँदै स्वास्थ्य तथा वित्तीय सुरक्षा सुदृढ बनाउन प्रतिबद्ध रहेको जनाएको छ।

    गत भदौदेखि सञ्चालनमा आएको यस योजनाबाट एक वर्षभन्दा कम अवधिमा १० हजारभन्दा बढी ग्राहक लाभान्वित भइसकेका छन्।

    साथै, बीमा सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले इसेवाले विभिन्न बीमा कम्पनीसँगको सहकार्यमा अन्य बीमा योजनासमेत उपलब्ध गराउँदै आएको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend