काठमाडौं । एशियन पेन्ट्स नेपालले Kaleidoscope – अखिल नेपाल वास्तुकला तथा आन्तरिक डिजाइनप्रतियोगिता २०८२–८३ को १३औँ संस्करणको पुरस्कार वितरणकार्यक्रम २६ असार २०८३ मा एलोफ्ट बाई मेरियट, ठमेल, काठमाडौंमा भव्यताका साथ सम्पन्न गरेको छ। युवा डिजाइनप्रतिभाहरूको सिर्जनशीलता, नवप्रवर्तनशील सोच तथाव्यावसायिक क्षमताको सम्मान गर्ने यस कार्यक्रमले शैक्षिकअध्ययन र व्यावसायिक अभ्यासबीचको सम्बन्धलाई थप सुदृढबनाएको छ।
कार्यक्रममा नेपाल सरकार, भौतिक पूर्वाधार विकासमन्त्रालयका माननीय सचिव इ. गोपाल प्रसाद सिग्देल प्रमुखअतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। साथै नेपाल सरकार, शहरीविकास तथा भवन निर्माण विभाग (DUDBC), सोसाइटी अफनेपाली आर्किटेक्ट्स (SONA), नेपाल इञ्जिनियर्स एसोसिएसन(NEA), इन्टेरियर डिजाइनर्स एसोसिएसन नेपाल (IDEA Nepal), फेडेरेशन अफ कन्ट्र्याक्टर्स एसोसिएसन अफ नेपाल (FCAN), सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इञ्जिनियरिङफर्म्स (SCAEF), देशका प्रतिष्ठित शैक्षिक संस्थाका प्राध्यापकहरू, ख्यातिप्राप्त आर्किटेक्टहरू, इन्टेरियर डिजाइनरहरू तथाविद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
Kaleidoscope नेपालका भावी वास्तुकार तथा आन्तरिकडिजाइनरहरूलाई वास्तविक परियोजनामार्फत व्यावहारिकअनुभव प्रदान गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको राष्ट्रिय मञ्च हो।प्रतियोगिताले विद्यार्थीहरूलाई उद्योगको वास्तविककार्यपरिवेशसँग परिचित गराउँदै व्यावहारिक ज्ञान, सिर्जनात्मकक्षमता तथा पेशागत तयारीलाई अझ सशक्त बनाउन सहयोगपुर्याउँदै आएको छ।
यस वर्षको प्रतियोगिताले नेपालका उदीयमान डिजाइनप्रतिभाहरूको जोश, सिर्जनशीलता र समर्पणलाई सम्मान गरेकोथियो। प्रतिष्ठित वरिष्ठ आर्किटेक्टहरू, सोसाइटी अफ नेपालीआर्किटेक्ट्स (SONA) का प्रतिनिधिहरू तथा शहरी विकास तथाभवन निर्माण विभाग (DUDBC) का पदाधिकारीहरू सम्मिलितनिष्पक्ष निर्णायक मण्डलद्वारा बहु-चरणीय मूल्याङ्कनप्रक्रियामार्फत उत्कृष्ट डिजाइनहरूको छनोट गरिएको थियो।
असाधारण दृष्टिकोण, नवीन सोच तथा उत्कृष्ट डिजाइन क्षमताकोकदर गर्दै प्रतियोगिताका शीर्ष १२ प्रतिस्पर्धीहरूलाईप्रमाणपत्रद्वारा सम्मानित गरिएको थियो भने शीर्ष ३विजेताहरूलाई ट्रफी, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदानगरिएको थियो।
यस वर्षको प्रतियोगितामा नेपालका प्रतिष्ठित प्राविधिक शैक्षिकसंस्थाहरूबाट सहभागी भएका विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शनगरेका थिए। आईओई, थापाथली क्याम्पसका श्री पुरुषोत्तमघिमिरेले विजेता (Winner) को उपाधि हासिल गर्न सफलहुनुभयो। आईओई, पूर्वाञ्चल क्याम्पसका श्री सुमन बि.के. लेप्रथम उपविजेता (1st Runner-Up) को स्थान हासिल गर्नुभयोभने हिमालय कलेज अफ इन्जिनियरिङकी सुश्री अदितीरिजाल द्वितीय उपविजेता (2nd Runner-Up) घोषित हुनुभयो।उहाँहरूको सिर्जनात्मक दृष्टिकोण, नवीन डिजाइन अवधारणातथा प्राविधिक दक्षताले नेपालका भावी वास्तुकार तथाडिजाइनरहरूको उज्ज्वल सम्भावनालाई प्रतिबिम्बित गरेको छ।
कार्यक्रमको विशेष आकर्षणका रूपमा विजेता डिजाइनको थ्रीडी(3D) मोडेल सार्वजनिक गरिएको थियो, जसले विद्यार्थीहरूकोकल्पनाशीलता र मेहनतलाई जीवन्त रूप दिएको थियो। साथैविजेता अवधारणात्मक डिजाइनलाई शहरी विकास तथा भवननिर्माण विभाग (DUDBC) समक्ष औपचारिक रूपमाहस्तान्तरण गरिएको थियो, जसले शैक्षिक सिर्जनशीलतालाईवास्तविक विकाससँग जोड्ने महत्वपूर्ण उदाहरण प्रस्तुत गरेकोछ।
एशियन पेन्ट्स नेपाल शैक्षिक संस्था र उद्योगबीचको सहकार्यलाईअझ सुदृढ बनाउँदै युवा प्रतिभाहरूलाई सिर्जनात्मकअवसरमार्फत सशक्त बनाउन निरन्तर प्रतिबद्ध रहेको छ।Kaleidoscope को १३औँ संस्करण प्रेरणा, मार्गदर्शन, नवप्रवर्तन र उत्कृष्टताको यात्रामा अर्को महत्वपूर्ण कोशेढुङ्गा बन्नसफल भएको छ।

