२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

एशियन पेन्ट्सको Kaleidoscope २०८२–८३ प्रतियोगिताका विजेता सम्मानित


सञ्चार डबली
  • आइतबार, असार २८ २०८३
  • 1.9K
    SHARES

  • images
    एशियन पेन्ट्सको Kaleidoscope २०८२–८३ प्रतियोगिताका विजेता सम्मानित

    काठमाडौँ / एशियन पेन्ट्स नेपालले ‘Kaleidoscope – अखिल नेपाल वास्तुकला तथा आन्तरिक डिजाइन प्रतियोगिता २०८२–८३’ को १३औँ संस्करणको पुरस्कार वितरण समारोह सम्पन्न गरेको छ। एलोफ्ट बाई मेरियट, ठमेलमा आयोजित कार्यक्रममा युवा वास्तुकार तथा आन्तरिक डिजाइनका प्रतिभाहरूलाई सम्मान गरिएको हो।

    कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव इ. गोपालप्रसाद सिग्देलले विजेताहरूलाई पुरस्कार प्रदान गर्दै युवा डिजाइनरहरूको सिर्जनशीलता र नवप्रवर्तनलाई प्रोत्साहन गर्न यस्ता प्रतियोगिताको महत्वपूर्ण भूमिका रहेको बताए।

    प्रतियोगितामा देशभरका प्राविधिक शैक्षिक संस्थाका विद्यार्थीहरूको सहभागिता रहेको थियो। बहु-चरणीय मूल्याङ्कनपछि आईओई थापाथली क्याम्पसका पुरुषोत्तम घिमिरे विजेता घोषित भए। आईओई पूर्वाञ्चल क्याम्पसका सुमन बि.के. प्रथम उपविजेता तथा हिमालय कलेज अफ इन्जिनियरिङकी अदिती रिजाल द्वितीय उपविजेता घोषित भइन्।

    प्रतियोगिताका शीर्ष १२ प्रतिस्पर्धीलाई प्रमाणपत्र प्रदान गरिएको थियो भने शीर्ष तीन विजेतालाई ट्रफी, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिएको एशियन पेन्ट्स नेपालले जनाएको छ।

    कार्यक्रममा नेपाल सरकारको शहरी विकास तथा भवन निर्माण विभाग (DUDBC), सोसाइटी अफ नेपाली आर्किटेक्ट्स (SONA), नेपाल इञ्जिनियर्स एसोसिएसन (NEA), इन्टेरियर डिजाइनर्स एसोसिएसन नेपाल (IDEA Nepal), फेडेरेशन अफ कन्ट्र्याक्टर्स एसोसिएसन अफ नेपाल (FCAN), सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इञ्जिनियरिङ फर्म्स (SCAEF) लगायतका संस्थाका प्रतिनिधि, आर्किटेक्ट, इन्जिनियर, डिजाइनर, प्राध्यापक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता थियो।

    समारोहमा विजेता डिजाइनको त्रिआयामिक (3D) मोडेल सार्वजनिक गर्नुका साथै उक्त अवधारणात्मक डिजाइन शहरी विकास तथा भवन निर्माण विभाग (DUDBC) लाई औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो।

    एशियन पेन्ट्स नेपालले Kaleidoscope कार्यक्रममार्फत शैक्षिक संस्था र उद्योगबीचको सहकार्यलाई सुदृढ बनाउँदै युवा डिजाइनरहरूलाई व्यावहारिक अनुभव, सिर्जनात्मक अवसर र पेशागत विकासको मञ्च उपलब्ध गराउँदै आएको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend