२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

राष्ट्र बैंकले ४५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्दै


सञ्चार डबली
  • बुधबार, असार १७ २०८३
  • 2.2K
    SHARES

  • images
    राष्ट्र बैंकले ४५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्दै

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले ४५ अर्ब रुपैयाँ बराबरको एक वर्षे ऋणपत्र जारी गर्ने भएको छ । बैंकले असार १७ गते (आज अपराहन्न ३ बजे) अनलाइन बोलकबोल प्रणालीमार्फत ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ‘ख’ जारी गर्न लागेको हो ।

    राष्ट्र बैंकका अनुसार ऋणपत्रको अवधि एक वर्ष रहनेछ भने यसको साँवा २०८४ असार १७ गते फिर्ता गरिनेछ । ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ र ब्याज भुक्तानी अर्धवार्षिक रूपमा गरिने व्यवस्था गरिएको छ ।

    यस ऋणपत्रका लागि न्यूनतम ५ करोड रुपैयाँदेखि आवेदन दिन सकिनेछ । आवेदन ५ करोड रुपैयाँका गुणकमा कुल आह्वान रकमसम्म गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

    बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । बोलकबोलमा प्रस्ताव गरिएको ब्याजदरका आधारमा ऋणपत्र बाँडफाँट गरिनेछ भने समान ब्याजदर प्रस्ताव भएमा समानुपातिक आधारमा बाँडफाँट गरिने व्यवस्था छ ।

    राष्ट्र बैंकले स्वीकृत बोल रकम स्वीकार वा अस्वीकार गर्ने अधिकार खुला बजार कारोबार सञ्चालन समितिमा रहने जनाएको छ । साथै, स्वीकृत रकम निकासा मितिमा सम्बन्धित संस्थाको खाताबाट कट्टा गरिने र खातामा पर्याप्त मौज्दात नभएमा जरिवानासहित छ महिनासम्म खुला बजार कारोबारमा सहभागी हुन नपाइने व्यवस्था पनि गरिएको छ ।

    राष्ट्र बैंकका अनुसार उक्त ऋणपत्र वैधानिक तरलता अनुपात गणनामा प्रयोग गर्न सकिनेछ, तर अनिवार्य नगद मौज्दातमा भने गणना गरिने छैन ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend