२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

रास्वपाका नयाँ पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ


सञ्चार डबली
  • बुधबार, असार १७ २०८३
  • 1.9K
    SHARES

  • images
    रास्वपाका नयाँ पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले शपथग्रहण गरेका छन् ।

    पार्टीको केन्द्रीय कार्यालय चमतीमा आयोजित कार्यक्रममा सभापति रवि लामिछानेले उनीहरूलाई शपथ गराएका हुन् ।

    चितवनमा सम्पन्न पार्टीको पहिलो महाधिवेशनबाट ९९ जना केन्द्रीय सदस्य चयन भएका थिए। महाधिवेशनले रवि लामिछानेलाई सभापति, स्वर्णिम वाग्ले र सोविता गौतमलाई उपसभापति तथा विपिन आचार्यलाई महामन्त्रीमा निर्वाचित गरेको थियो ।

    यस्तै, हरि ढकाल, असिम शाह र निशा डाँगी सहमहामन्त्रीमा निर्वाचित भएका छन्।

    पार्टी विधानअनुसार १९ पदाधिकारीमध्ये वरिष्ठ नेतासहित ११ जना पदाधिकारी र ५१ जना केन्द्रीय सदस्य पछि मनोनीत गरिने व्यवस्था छ ।

    शपथग्रहणपछि सभापति लामिछानेले नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई प्रमाणपत्र तथा रास्वपाको घण्टी चिन्ह अंकित चिनो प्रदान गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend